Comments Add Comment

जति काम गरेपनि किन तपाईंलाई सधै अभाव हुन्छ ?

सम्हाल्न सिक्नुहोस्, सबै कुरा ठिकठाक हुन्छ

तपाईंले देख्नुभएकै छ, कति व्यक्ति आफ्नो मेहनतको बलमा धनी हुन्छ । समयसँगै उनीहरुले पुग्दो धन-दौलत आर्जन गर्छन् । जबकी कतिपय व्यक्ति मेहनत त गर्छन् । तर, धन आर्जन हुँदैन । गरिब नै रहन्छन् । किन होला ?

साथै तपाईंले यस्ता मानिस पनि देख्नुभएको छ, जो भन्छन्, ‘म एकदमै व्यस्त छु । मसँग समय एकदमै कमी छ । धेरै जरुरी कामको लागि पनि मसँग समय छैन ।’ तर उनीहरु यतिधेरै व्यस्त भएर पनि सफल हुन सक्दैन ।

जबकी यस्ता पनि व्यक्ति हुन्छन्, जो त्यह सिमयमा आफ्नो सबै काम सम्पन्न गर्छन् । र, समय बचाएर अरु जरुरी काम पनि गर्छन् । कहिल्यै समय कम भयो भनेर निरास हुुँदैनन् । आफ्नो जीवनमा सफल पनि भइरहेकै हुन्छन् ।

दुई प्रकारको व्यक्तिमा यति धेरै अन्तर किन ?

ध्यान राख्नुहोस्, यो समस्या तपाईं वा मेरो मात्र होइन । सारा विश्वकै हो । यसको उत्तर खोज्नु एकदमै आवश्यक छ ।

हरेकले यसको आ-आफ्नै ढंगले जवाफ दिन्छन्, त्यसका पछाडि अनेक कारण देखाउँछन् । तर, खास कारण के होला ? हामी आफैभित्र घोत्लिनु जरुरी छ । आउनुहोस्, खोजौं यसको जवाफ ।

यसलाई बुझ्नका लागि एउटा कथा सुनौं ।

त्यस समय सौरभ कक्षा १० का विद्यार्थी थिए । उनको पिताको राम्रो जागिर थियो । सौरभ सभै यस कुरामा दुखित रहन्थे कि, उनका पापाले जुन पकेट मनी दिन्थे, त्यो तीन बर्षदेखि बढेकै थिए । जबकी उनका साथीको घरबाट धेरै पकेट मनी मिल्थ्यो । भनौं, समय अनुसार पकेट मनी क्रमस बढ्दै जान्थ्यो ।

सौरभले यो कुरा आफ्नी आमालाई सुनाइन्, ‘के कारणले मेरो पापाले पकेट मनी पछिल्लो तीन बर्षयता बढाउनुभएको छैन ?’

आमाले भनिन्, ‘यसको जवाफ त तिम्रो पिता नै दिन सक्नुहुन्छ । हिँड म उहाँसँग कुरा गर्छु ।’

सौरभको पिताको अगाडि यही कुरा राखियो । पिताले सौरभलाई हेरेर मुस्कुराउँदै भन्यो, ‘जुन दिन तिमी तिम्रो पकेट मनीलाई सही ढंगले सम्हालन सिक्नेछौ, त्यही दिन तिम्रो पकेट मनी बढाइ दिनेछु ।’ यति भनेर पिता त्यहाँबाट हिँडे ।

अब सौरभ पटक-पटक यही सोच्न थाले कि, आखिर पिताले के भन्न खोजेका हुन् ? ‘पकेट मनीलाई सही ढंगले सम्हाल्नु’ भनेको के हो ? के पैसा राख्नका लागि मेरो खल्ती सानो छ ? कि म धेरै पैसा बोक्न सक्दिन ?

पिताले भनेको त्यही वाक्यांशले उनको दिमाग रन्थनाइदियो । तीन दिनपछि जब उनी विद्यालय जानका लागि ब्यागमा हतार हतार पुस्तक हाल्दै थिए, तब उसले किताब उल्टो सुल्टो हालेर ब्याग भरे । तर, अझै केही किताब व्यागमा राख्न बाँकी नै थियो ।

उनकी आमाले यो सबै हेरिरहेकी थिइन् । उनी सौरभ नजिकै गइन्, ‘के म तिम्रो हेल्प गर्न सक्छु ?’ सौरभले भने, ‘हजुर, यो किताब त ब्यागमा अटाउनै गाह्रो भो ।’ तब आमाले सबै किताब निकालेर व्यगमा मिलाएर राखिदिइन् । बाँकी किताबको लागि पर्याप्त ठाउँ बाँकी रह्यो ।

आमाले भनिन्, ‘तिम्रो यो किताब पनि पकेट मनी जस्तै हो । जति राम्रो ढंगले तिमीले किताब मिलाउँछौं, उत्तिनै धेरै किताब राख्नका लागि ब्यागमा खाली ठाउँ बाकी रहन्छ ।’

सौरभको लागि यही सफलताको सूत्र बन्यो । अब उनले आप\mना पिताको भनाईलाई बुझे । ‘यदि मैलें सही ढंगले पकेट मनी व्यवस्थापन गर्ने हो भने, मेरो पकेट मनी बढ्नेछ ।’

अब उसले त्यसरी नै पकेट मनी खर्च गर्न थाले, जो आवश्याक छ । उनले आफ्नो इच्छा अनुसार होइन कि, आवश्यक्ता अनुसार खर्च गरे । जति पैसा खर्च भयो, त्यो उनले डायरीमा लेखे ।

अब उनलाई नियमित पकेट मनी पनि धेरै हुन थाल्यो । क्रमस उनको पकेट मनी बचत भयो । उनले बुझे, जुन कुरा सही ढंगले व्यवस्थान गरिन्छ, त्यही चिज समयसँगै बढ्दै जान्छ ।

पैसा र समय व्यवस्थापनको सूत्र

बुढापाकाहरु भन्छन्, ‘तिमीले कति कमाई गछौं, त्यो ठूलो कुरा होइन । जति बचत गर्छौं, त्यो महत्वपूर्ण हो ।’ अर्थात पैसा आर्जन गरेर मात्र हुँदैन । त्यसलाई सही ढंगले व्यवस्थापन गर्न सिक्नुपर्छ ।

पैसाको कुरामा तपाईंको सफलता यस कुरामा निर्भर हुन्छ कि, तपाईंले पैसा कसरी व्यवस्थापन गर्नुहुन्छ ? अर्थात कसरी पैसा आर्जन गर्नुहुन्छ, कसरी पैसा बचत गर्नुहुन्छ, र कसरी पैसा लगानी गर्नुहुन्छ ।

यदि यी कुरालाई तपाईंले सही ढंगले गर्नुभयो भने, लखपति वा करोडपति हुनमा तपाईंलाई कसैले रोक्नेवाला छैन ।

यही कुरा समयमा पनि लागु हुन्छ । दुनियाका सबैलाई एक दिनमा २४ घण्टा नै प्राप्त हुन्छ । कसैलाई एक दिनमा ३० घण्टा वा कसैलाई १५ घण्टा मात्र मिल्ने होइन । प्रकृतिले सबैलाई समान रुपमा समय दिएका छन् । तर, सफल त्यही हुन्छ, जसले समय व्यवस्थापन गर्न जानेको छ ।

जरुरी कुरा त के भने, हामीले जुन चिज व्यवस्थापन गर्न सिक्यौ, त्यो कुरा स्वयम् सोचौं र त्यसलाई व्यवहारिक रुपमा आफ्नो जीवनमा प्रयोग गर्न सिकौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment