Comments Add Comment

आर्यन लुकाउने, साम्राज्ञी देखाउने


नायक आर्यन सिग्देलले निर्माण गरेको चलचित्र ‘कायरा’ साउनमा रिलिज हुने घोषणा यसका वितरक सुनिल मानन्धरले केही दिन अगाडि गरिदिए । आर्यन अष्ट्रेलियामा भएको समयमा चलचित्रको रिलिज डेट घोषणा गरियो । तर, चलचित्रको अहिलेसम्म कुनै पनि लुक्स रिलिज गरिएको छैन । गीतसंगीत त परको कुरा भयो ।

नायक आर्यनले आफू निर्मित चलचित्रको लुक्सलाई बिरालोले केजाती लुकाएजसरी लुकारहेका छन् । केही समय अगाडि चलचित्रको एउटा अस्पष्ट तस्विर सार्वजनिक हुँदा पनि उनी तनावमा परेका थिए । चलचित्रमा समावेश गीतको एक तस्विर रिलिज हुँदा उनले मिडियालाई त्यो फोटो हटाइदिन आग्रह नै गरेका थिए । यसको अर्थ, आर्यन ‘कायरा’को लुक्सलाई भव्य तरिकाले सार्वजनिक गर्ने सोचमा छन् ।

तर, आर्यनले लुकाएर मात्र के गर्ने ? चलचित्रकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले भने ‘कायरा’ सुटिङका तस्बिर सार्वजनिक गरेको गर्‍यै छन्  । साम्राज्ञी सामाजिक संजाल क्रेजी छिन् भने आर्यन सामाजिक संजालमा खासै रमाउँदैनन् ।

साम्राज्ञीले छायांकनको समयदेखि नै आफ्ना सिंगल तस्बिर पोष्ट गरिरहेकी छिन् । यही चलचित्रको छायांकनका क्रममा उनको वक्षस्थलमुनि खोपिएको ट्याटुले ठूलै हंगामा मच्चायो । यो ट्याटु उनले चलचित्रकै लागि खोपेकी थिइन् । जसले निर्माता तथा नायक आर्यनलाई सबैभन्दा बढी तनाव भएको थियो ।

साम्राज्ञीले फेरि आफ्नो एउटा तस्बिर पोष्ट गर्दै, ‘कायरा सुटिङको क्यामेरा पछाडिको तस्बिर’ भन्दै पोष्ट गरेकी छिन् । जसमा साम्राज्ञी निकै राम्री पनि देखिएकी छिन् ।

आर्यनले कुनै पनि लुक्स रिलिज नगरिरहेको समयमा साम्राज्ञीले कायराको लुक्स समय समयमा सार्वजनिक गरिरहेकी छिन् । आर्यन लुकाउन खोज्ने, साम्राज्ञी देखाउने खोज्ने । आखिर, यो लुकामारी कहिलेसम्म चल्ला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment