बुधबार, ३० साउन, २०७५
OnlineKhabar.com
Suzuki

गोर्खा सैनिकको सुरक्षामा ट्रम्प-किमको सिंगापुर वार्ता

Suzuki
ग्रेग टोरोड/डेवे सिम


२२ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनको बहुप्रतिक्षित वार्ता आगामी मंगलबार सिंगापुरमा हुने भएको छ ।

जून १२ मा स्थानीय समय अनुसार विहान ९ बजे दुई नेताबीच भेट हुने हृवाइट हाउसले बताएको छ ।

सिंगापुरमा भेटवार्ता गर्दा ट्रम्प र किमलाई सुरक्षा भने गोर्खा सैनिकले गर्ने भएका छन् । दुवै नेताले आ-आफ्ना सुरक्षाकर्मी ल्याउने भए पनि वार्तास्थल, सडक र होटलको सुरक्षा भने सिंगापुर प्रहरीको उत्कृष्ट गोर्खा दस्ताले गर्ने भएको हो ।

यसअघि भारतीय प्रधानमन्त्रीका साथै क्षेत्रीय मन्त्रीहरु उपस्थित सुरक्षा सम्मेलनका क्रममा साङ्गि्रला होटलको सुरक्षा गोर्खा सैनिकहरुले नै दिएका थिए ।

सिंगापुर प्रहरीमा भर्ती भएका गोर्खाहरुले रक्षा कवच, बेल्जियममा बनेको एफएन एससीएआर कम्ब्याट राइफल र पेस्तोलसहित सुरक्षा दिनेछन् । सबै अत्याधुनिक हतियारका बाबजुद गोर्खा सैनिकहरु खुकुरीलाई छाड्दैनन्, जुन उनीहरुको परम्परागत रोजाईको हतियार हो । उनीहरुको मान्यताअनुसार खुकुरीलाई प्रत्येकपल्ट म्यानबाट निकालेपछि यसले रगत बगाउनै पर्छ ।

‘उनीहरु सिंगापुरले उपलब्ध गराउन सक्ने सबैभन्दा उत्कृष्ट सुरक्षाकर्मी हुन् र उनीहरु सम्मेलनमा सहभागी हुनेमा म निश्चित छु’ इन्टरनेसनल इन्ष्टिच्युट फर स्ट्राटेजिक स्टडिज (आईआईएसएस) सिंगापुरको सुरक्षा बल विज्ञ टिम हक्सलीले भने ।

उनले अघि भने, ‘उनीहरु धेरै मजबुत अग्रपङ्तिको फौजको रुपमा चिनिन्छन् र यस्तो खालको कार्यक्रमहरुको व्यवस्थापन गर्न गोर्खाहरुले विशेष रुपमा तालिम पाएका हुन्छन् ।’

सिंगापुर प्रहरीका प्रवक्ताले कति सङ्ख्यामा गोर्खाहरु खटाइनेछन् भन्ने बारेमा भने प्रतिक्रिया दिन चाहेनन् । आईआईएसएस मिलिटरी ब्यालेन्सका अनुसार ६ प्यारामिलिटरी कम्पनीमा गरी १८०० गोर्खाहरु सिंगापुर प्रहरीमा कार्यरत रहेका छन् ।

ब्रिटिस औपनिवेशिक कालको इतिहास र हालको सिंगापुरको व्यवहारिक नेतृत्वको एक हिस्साको रुपमा रहेका गोर्खाहरु बेलायती परम्परासँग जोडिएका छन् । जसअनुसार नेपाली सैनिकहरुलाई दुई सय वर्षदेखि विशेष फौजको रुपमा भर्ती गरिएको छ ।

१९ औं शताब्दीको नेपाल-अङ्ग्रेज युद्धमा बेलायती सेना धेरै ठाउँमा नेपाली सैनिकहरुबाट पराजित भएको थियो । उनीहरुको वीरता र युद्धकौशलबाट प्रभावित भएपछि औपनिवेशिक बेलायतीहरुले उनीहरुलाई आफ्नो सेनामा भर्ती गराउन थाले ।

अहिले गोर्खा सैनिकहरु नेपाल, भारत, बेलायती सेनाको साथै सिंगापुर र ब्रुनाइमा समेत कार्यरत छन् । गोर्खा सैनिकले दुवै विश्वयुद्ध, फकल्याण्ड युद्धको साथै हालसालै अफगानिस्तानमा समेत लडाईमा भाग लिएका छन् ।

बलिया, सर्तक र दृढ

आईआईएसएसका सिंगापुरको सुरक्षा बल विज्ञ हक्सलीले भन्छन्, ‘गोर्खाहरु सिंगापुरको नेतृत्वको विशेष सम्पती हुन्, जसले जातीय विविधता भएको शहरी राज्यमा तटस्थ फौजको रुपमा भीआईपी र दंगा नियन्त्रण सुरक्षामा विशेष योगदान दिएका छन् ।’

क्षेत्रीय तनावको समयमा उनीहरुले अन्तर्राष्ट्रिय विद्यालयहरुको सुरक्षा दिनुका साथै कहिलेकाहीँ मलेसिया र सिंगापुरको सीमा नाकामा पनि उनीहरु तैनाथ गरिन्छन् ।

सिंगापुर प्रहरीको वेबसाइटले यो फौजलाई ‘बलिया, सतर्क र दृढ’ भएको जनाउँदै यसले ‘सिंगापुरको सुरक्षामा अर्धसैन्य अपरेसनको विस्तारमा काम गर्ने’ जनाएको छ ।

उनीहरु आफ्नो परिवारको साथमा शहरबाहिर सुरक्षित माउन्ट भर्नोन क्याम्पमा बसोबास गर्ने गर्छन्, जहाँ सिंगापुरका अन्य नागरीक प्रवेश गर्न पाउँदैनन् ।

क्याम्पमा बसोबास गर्ने एक गोर्खाकी श्रीमतीका अनुसार त्यहाँको जीवन प्रतिबन्धित छ । ‘हामीलाई मध्यरातपछि कफ्र्यू छ । यदि बाहिर बस्नैपर्ने भयो भने महिलालाई छुट दिइन्छ तर, पुरुषको लागि कुनै छुट छैन,’ उनले भनिन् ।

‘बेलुका साढे दश बजेभित्र सुतिसक्नुपर्छ । संगीत र अन्य कुरा प्रतिबन्धित छ । यदि पार्टी छ भने पनि समयमै बन्द गर्नुपर्छ । होइन भने गस्तीमा आएकाले बन्द गरिदिन्छन् ।’

विशेषगरी १८ र १९ को उमेरका युवाहरु नेपालमै छानिएर भर्ती भएपछि तालिमको लागि सिंगापुर आउँछन् ।

तालिमपछि सिंगापुर प्रहरीको रुपमा कार्यरत हुने उनीहरुले ४५ वर्षको उमेरमा अवकाश पाउँछन् । उनीहरुका बालबच्चाहरु स्थानीय विद्यालयमा पढ्ने गर्छन् । तर, गोर्खा सैनिकहरुले स्थानीय महिलाहरुलाई विवाह गर्न पाउँदैनन् ।

तालिम र संगठनात्मक भूमिकाको लागि केही सङ्ख्यामा पूर्व बेलायती सैनिकका अफिसरहरुले सिंगापुर प्रहरीको उच्च नेतृत्वमा सपथ लिएका हुन्छन् । ‘सिंगापुर प्रहरीको गोर्खा दस्ता र बेलायती सैनिकको सम्बन्ध गहिरो र बलियो छ, उनीहरु एक राम्रो परम्पराको हिस्सा हुन्’ एक बेलायती सेनाका अधिकारीले बताए ।

– रोयटर्सबाट भावानुवाद

२०७५ जेठ २२ गते १३:५६ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

६ प्रतिकृयाहरू प्राप्त
  • Gita Panthi लेख्नुहुन्छ    |   २०७५ जेठ २२ गते १५:१३

    Garba cha Nepali hunuma

    26
    2
    Share

  • Suman लेख्नुहुन्छ    |   २०७५ जेठ २२ गते १५:२३

    Proud on you!

    23
    2
    Share

  • devendra लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते ९:४९

    Ke garne, Aruko deshko surakshya garda gardai Aafno deshko Sima michiyekai xa, mutu mathi dhunga rakhi hasnu parya xa

    10
    0
    Share

  • Ram Nepali लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते १९:००

    vandaa ka noker haru, k ko laagi gaurab garne? paisa ko laagi j pani garna tayaar tara afno raja ra janatako surakxya grna nasakne haruko kasto news ho ho yo?vitra bahira ta amriki ra singapuriyan le nai diyinxa surakxya,yini haru ta gate kiper maatra ho!

    2
    0
    Share

  • यज्ञमूर्ति ज्ञवाली लेख्नुहुन्छ    |   २०७५ जेठ २४ गते १४:२०

    अरुको लागि रगत बगाउनु भन्दा आफ्नै देशमा केही गर्दा राम्रो हुन्छ। यसका लागि अनुकुल राजनैतिक वातावरणको अवस्था बन्दैछ । अब ढिलो छिटो बिदेशी भर्ती बन्द गर्नै पर्छ ।

    0
    0
    Share

  • ra लेख्नुहुन्छ    |   २०७५ जेठ २४ गते १६:०३

    The modern slaves… And we are proud of it… kati hasnu…

    3
    1
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this