Comments Add Comment

वर्षाको चश्मामा टल्किएका मिलन


कलाकारहरुले केही तस्वीर रमाइलोका लागि खिचाउँछन् र सामाजिक संजालमा पोष्ट गर्छन् । तर, कहिलेकाहीँ ती तस्वीरले केही गाेप्य कुरा खोलिदिन्छन् ।

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको प्रेमको चर्चा एक नायिकाको भिडियो सेल्फीबाट सुरु भएको थियो । काठमाडौंको डेजाभु क्लवमा नायिकाले रमाइलो गर्ने क्रममा खिचेको भिडियो सेल्फीमा प्रियंका र आयुष्मानको रोमान्स पनि कैद भएको थियो ।

नायिका वर्षा सिवाकोटीले मंगलबार सामाजिक संजालमा २ वटा तस्वीर पोष्ट गरिन् । उनले, पोष्ट गरेको तस्बिर झट्ट हेर्दा सामान्य छ । वर्षा रमाएकी छिन् र आफूलाई विन्दास अवतारमा प्रस्तुत गरेकी छिन् ।

तर, वर्षाले पनि सायद याद नगरेको हुनसक्छ कि उनको तस्वीरमा एक व्यक्ति देखिएका छन् । वर्षाले लगाएको चश्मामा उनको तस्वीर खिचिदिने व्यक्ति कैद छन् । ती व्यक्तिलाई चलचित्रकर्मी र पत्रकारले चिन्न सक्छन्, आम दर्शकलाई गाह्रै पर्छ ।

वर्षाको चश्मामा टल्किएका व्यक्ति हुन्, निर्देशक मिलन चाम्स । वर्षाले विभिन्न पोजमा खिचेको तस्वीर मिलन चाम्सले खिचिदिएका थिए । मिलन वर्षाको चश्मामा देखिएका छन्, जुन सबैले याद नगर्न पनि सक्छन् ।

नायिका वर्षा सिवाकोटीलाई लिएर मिलनले चलचित्र ‘विर विक्रम २’ बनाउँदैछन् । त्यसैले उनीहरु नजिकिएका छन् । आजकाल मिलनका चलचित्रका कार्यक्रममा वर्षाको उपस्थिती बाक्लिएको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment