Comments Add Comment

रेस्टुरेन्टको कुनामा प्रियंका र निक एक-अर्कासँग लठ्ठ


अफेयरको चर्चाबीच बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड गायक निक जोन्सले लस एन्जेलसको एउटा रेस्टुरेन्टमा डिनर डेट गरेका छन् । उक्त डेटमा दुवै जना निकै रोमान्टिक मुडमा थिए ।

प्रत्यक्ष देख्नेहरुका अनुसार उनीहरु कुनाको टेबलमा आएर बसे । उनीहरुले चकलेट ब्रेड र फ्रेस कुकिजहरु मगाए । पुरै बसाईमा निकको आँखा प्रियंकाबाट हटेको थिएन । उनी घरी-घरी प्रियंकाको हात सुम्सुम्याउँथे । प्रियंकाले पनि एकपटक निकको कुममा आफ्नो टाउको अड्याइदिएकी थिइन् । उनीहरुको भागभंगिमा हेर्दा प्रेम उत्कर्षमा छ भन्ने लाटोले पनि बुझ्न सक्थ्यो ।

उनीहरुले रेस्टुरेन्टमा करिब एक घन्टा गफ गरेर बिताए । अन्त्यमा निकले पैसा तिरे र प्रियंकाको हात समाउँदै बाहिर निस्किए । उनीहरु एउटै गाडी चढेर आएका थिए र त्यसैमा फर्किए ।

यसो हेर्दा यो प्रेम गहिरो देखिन्छ, तर निकको रंगीन स्वभाव बुझेका कतिपयले भने उनले प्रियंकासँग केवल टाइमपास गरिरहेको आशंका गरेका छन् । आफूभन्दा उमेर छिप्पिएकी महिलासँग आकषिर्त हुने उनको पुरानै स्वभाव रहेछ । यसअघि यस्ता थुप्रै महिलासँग सम्वन्ध उनको सम्वन्ध थियो । यद्यपि, प्रियंका जस्ती युवती आफूले अहिलेसम्म नभेटेको उनले बताउने गरेका छन् । यता आफूभन्दा ८ वर्ष कान्छो ठिटोसँग रोमान्स गर्न पाएर प्रियंका पनि मख्खै छिन् ।

प्रियंका र निकको प्रेम भर्खर भर्खरै टुसाएको हो । एक वर्ष अगाडि उनीहरु ‘मेट गाला’ मा भेट भएका थिए र एक अर्काप्रति आकर्षित भएका थिए । प्रियंकाकी आमा मधुले भने विदेशी पुरुषलाई छोरी नदिने बताउँदै आएकी छन् । हेरौं उनीहरुको प्रेमले कुन मोड लिने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment