Comments Add Comment

रोनाल्डो रियलमै बस्छन्, जिदानले छोडेकोमा अचम्म लाग्यो : इस्को

२३ जेठ, काठमाडौं । रियल मड्रिडका मिडफिल्डर इस्कोलेे पनि प्रशिक्षक जिनेदिन जिदानले आकस्मिक रुपमा क्लब छोडेकोमा आश्चर्य प्रकट गरेका छन् ।

जिदान नेतृत्वमा युरोपेली मञ्चमा विजयको मिठा सम्झनासहित इस्को अब क्लबको नयाँ प्रशिक्षकको खोजीलाई पर्खिरहेका छन् ।

‘म जिदानको निर्णयले अचम्मित भएँ’ स्पेनको पि्र-वल्र्डकप ट्रेनिङ क्याम्पमा उनले पत्रकारहरुसँग भने, ‘हामीले यस्तो अपेक्षा गरेका थिएनौं र यो आकस्मिक थियो ।’

‘उनको नेतृत्वमा लगातार तीन च्याम्पियन्स लिग जित्न पाउँदा धेरै नै गौरवान्वित भएका छौं र क्लबले कसलाई ल्याउने भन्ने बारेमा अब निर्णय गर्नुपर्छ’ इस्कोले भनेका छन् ।

त्यसैगरी इस्कोले कि्रस्टियानो रोनाल्डोले क्लब छाड्ने हल्ला चले पनि उनले क्लब छोड्ने सम्भावना कम रहेको बताए ।

‘उनको भविष्यको बारेमा निर्णय गर्ने कि्रस्टियानोले नै हुन् । यो उनकै हातमा छ । मलाई लाग्छ उनी क्लबमै बस्नेछन् किनभने उनले हामीलाई अझै धेरै दिन्छन्’ इस्कोले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment