२४ जेठ, कैलाली । धनगढी उपमहानगरपालिकाले जनप्रतिनिधिको तलबमा मात्रै वाषिर्क करिब साढे एक करोड रुपैयाँ खर्च गर्नुपर्ने भएको छ ।
प्रदेश सभा संसदले बिहीबार पास गरेको सेवा सुविधाको विधेयकअनुसार उपमहानगरका जनप्रतिनिधिको तलवमा मात्रै एक करोड ४८ लाख ७२ हजार रुपैयाँ खर्च हुने भएको हो ।
उपमहानगरका मेयर, उपमेयर, वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यको तलवको लागि मात्रै उक्त रकम खर्च हुने भएको हो ।
विधेयकमा उपमहानगरका मेयरको मासिक तलव ४० हजार, उपमेयरको ३५ हजार, वडाध्यक्षहरुको मासिक २४ हजार र वडासदस्यले मासिक ७ हजार तलब उपलब्ध गराउने व्यवस्था छ । त्यस्तै कार्यपालिका सदस्यले मासिक १० हजारका दरले तलब सुविधा पाउने भएका छन् ।
त्यस्तै बिहीबार संसदले नगरपालिका, गाउँपालिका र जिल्ला समन्वय समितिका जनप्रतिनिधिहरुको समेत सेवासुविधा निर्धारण गरेको छ ।
नगरपालिकाको मेयरले ३५ हजार, उपमेयरले ३० हजार, वडा अध्यक्षहरुले २२ हजार, वडासदस्यहरुले ७ हजार र नगर कार्यपालिका सदस्यहरुले मासिक ९ हजार रुपैयाँ पाउने व्यवस्था पास गरिएको छ ।
यसैगरी संसदले जिल्ला समन्वय समितिका जनप्रतिनिधिहरुको समेत सेवा सुविधा तोकेको छ । जसमा प्रमुखको ४० हजार ५००, उपप्रमुखको ३५ हजार ५०० र सदस्यहरुको ११ हजार रुपैयाँ मासिक तलब निर्धारण गरिएको छ ।
जनप्रतिनिधिहरुले विभिन्न बैठक, भ्रमण र गोष्ठीहरुमा पाउने भक्ता भने छुट्टै हुनेछ ।
प्रतिक्रिया 4