Comments Add Comment

डिप्लोम्याटिक नोटका लागि सिंहदरबारमा ‘भौंतारिए’ बाबुराम

२४ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जर्मनी भ्रमणका लागि डिप्लोम्याटिक नोट लिन सिंहदरबारमा भौतारिनुपरेको गुनासो गरेका छन् ।

उनी एनआरएनएको विज्ञ सम्मेलनमा सहभागी हुन जर्मनी जाने र त्यहाँबाट अमेरिका जाने तयारीमा थिए । त्यसका लागि उनले काठमाडौंस्थित जर्मन दूतावासमा भिसाका लागि आवेदन दिन डिप्लोम्याटिक नोट बनाउन चाहे ।

त्यसका लागि उनी पहिले परराष्ट्र मन्त्रालय पुगेका थिए । तर परराष्ट्रले प्रधानमन्त्री कार्यालय देखायो । प्रम कार्यालयले संसद र संसद सचिवालयले फेरि परराष्ट्रतिरै फर्काएपछि हैरान भएका उनले टि्वटरमा लेखे ‘एउटा पूर्वप्रधानमन्त्रीको त यो दशा अरुको के ?’

भट्टराईले बिहीबार साँझ टि्वट गर्दै कछुवाकै गतिमा देश चलिरहने भयो भन्ने दशी प्रत्यक्ष भोगेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment