+
+

ट्रोलरलाई भारतीको जवाफः श्रीमानले कार आफ्नै पैसाले किनेका हुन् 

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २५ गते १०:२५

भारतीय कमेडीयन भारती सिंहले गत डिसेम्बरमा आफ्ना प्रेमी हर्ष लिम्बाचियासँग बिहे गरिन् । उनीहरुको पाँच वर्ष लामो प्रेम थियो ।

बिहे लगत्तै हर्ष नयाँ महंगो कारमा देखिन थालेका छन् । ट्रोलरहरुका लागि एउटा मसला बनिरहेको छ । उनीहरुको आरोप छ, भारतीको पैसामा हर्षले महंगो कार किनेका हुन्, नत्र उनको यो कार चढ्ने हैसियत छैन ।

यस्ता ट्रोलहरु आएपछि भारती आक्रोशित बनेकी छन् । हालै एक रियालिटी शोमा प्रस्तुत भएकी उनले ट्रोलरहरुको जवाफ दिइन् ।

‘यो कार मेरा श्रीमानले आफ्नै पैसाले किनेका हुन् । के तपाईंहरु मेरा श्रीमान एउटा कार किन्न पनि सक्षम छैनन् भन्ने ठान्नुहुन्छ ?’ उनले आक्रोशित हुँदै भनिन् ।

फेरि थपिन्, ‘मेरो श्रीमान रात दिन काम गर्नुहुन्छ र चाहेजति पैसा कमाउनुहुन्छ । उहाँले मलाई खुशी राख्नुभएको छ । म आफ्नो श्रीमानमा गर्व गर्छु ।’

भारतीका श्रीमान हर्ष स्क्रिप्ट राइटर हुन् । उनले कमेडी शोहरुको स्क्रिप्ट लेख्ने गर्छन् । तर, हर्षको भन्दा भारतीको कमाई राम्रो छ । हर्ष र भारती चर्चित रियालिटी शो ‘नच बलिए’ आठौं संस्करणमा सहभागी हुने सबैभन्दा महंगा जोडी थिए । उनीहरुले प्रत्येक एपिसोडको ३० लाख भारु लिएका थिए । भारती ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’ बाट चर्चामा आएकी हुन् । पछिल्लो समय उनी कपिल शर्मासँग सहकार्यमा थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?