Comments Add Comment

देउवाले भने : अन्तरघातीलाई कारबाही नगर्ने भए पार्टी भंग गरौं

'पार्टीलाई पुरानै अवस्थामा फर्काएर मात्र विश्राम लिन्छु'

२५ जेठ, धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई पुरानै अवस्थामा फर्काएर मात्र विश्राम लिने बताएका छन् ।

साथै भोट नहाल्नेहरुको क्रियाशील सदस्यता खारेज गर्ने र अन्तरघातीहरुलाई कारबाही गर्ने उनले बताए ।

कैलाली जिल्ला अधिवेशनको उद्घाटन गर्दै देउवाले कांग्रेसले अन्तरघातकै कारण कांग्रेसले २५ देखि ३० सिट गुमाएको बताए । हारको मुख्य कारण अन्तरघात भएको भन्दै उनले उनीहरुलाई कारबाही गरिछाड्ने बताए । उनले भने, ‘यो देशमा अब मेरो एउटै काम छ, अन्तरघातीलाई कारबाही गरेर पार्टीलाई पुरानै अवस्थामा ल्याएर मात्र म विश्राम लिन्छु ।’

कृष्णप्रसाद भटटराईको पालादेखि सुरु भएको अन्तरघात सदासदाका लगि अन्त्य गर्ने उनको दाबी छ ।

टिकट नपाउनासाथ पार्टीका उम्मेदवारलाई हराउन लाग्ने हो भने पार्टी अघि बढ्न नसक्ने उनको धारणा छ । उनले अघि भने, अनुशासनहीन काम गरेर पार्टीलाई नै हराउनेलाई कुनै हालतमा माफ गर्न सकिँदैन । यो अपराध हो । यस्ता अपराधीलाई कारबाही गर्छु ।’
अघि भने, अन्याय भएको छ भने लड्ने आफ्नो ठाउँ छ । पार्टीलाई नै हराएर को बहादुर भएको छ ?’

कांग्रेस सभापति देउवाले अन्तरघातीलाई कारबाही नगर्ने हो भने पार्टी नै भंग गरिदिए हुने टिप्पणी गरे । ‘होइन भने पार्टी भंग गरिदिए हुन्छ । पार्टी चल्दैन’ उनले भने ।

पार्टी सदस्य भएर पनि भोट नहाल्नेहरु अपराधी हुन् भन्दै देउवाले  उनीहरुको सदस्यता खारेज गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment