Comments Add Comment

इटहरीमा प्रदिप र छविले खोले सुविधा सम्पन्न हल


नेपाली चलचित्रको बजार नेपाल भित्रै बढ्न थालेपछि अहिले अत्याधुनिक हलहरु पनि संचालनमा आउन थालेका छन् । काठमाण्डौ बाहिर पनि मल्टिप्लेक्स हलहरु खुल्ने क्रम बढ्दो छ । केही पैसा बढी नै तिरेर दर्शकहरु सुविधासम्पन्न हलमा जान थालेपछि हल साहुजीहरुलाई पनि राम्रो हल बनाउन कर नै लागेको छ ।

नेपाली चलचित्र क्षेत्रका दुई चर्चित चलचित्रकर्मी निर्माता छविराज ओझा र वितरक तथा निर्माता प्रदिप कुमार उदयले पूर्वको इटहरीमा सुविधा सम्पन्न हल संचालनमा ल्याएका छन् । ‘एलाइट सिनेमा’नाम दिएर खोलिएको यो हलमा दर्शकले सबै खालका सुविधा पाउने प्रदिपकुमारले बताए ।

जग्गा किनेर चलचित्र प्रेमीहरुका लागि भनेर संचालनमा आएको यो हलमा २ वटा पर्दा छ । पहिलो हलमा २०८ सिट क्षमता छ भने दोश्रोमा १४४ सिट क्षमता छ । उच्च गुणस्तरिय साउण्ड सिस्टम र भिडियो क्वालिटी भएको हलमा फोल्डिङ सिस्टमका आरामदायी सिट राखिएको छ । नेपाली चलचित्रका लागि २ सय र अन्य भाषाका चलचित्रका लागि ३ सय टिकट दर राखिएको उनीहरले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment