Comments Add Comment

प्रधानन्यायाधीशको नाम सिफारिस गर्न संवैधानिक परिषद बैठक बस्दै

दिपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्र शमसेर जबरा (वायाँबाट क्रमश:)

२९ जेठ, काठमाडौं । प्रधान न्यायाधीशको नाम सिफारिस गर्न संवैधानिक परिषदको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा संवैधानिक परिषदका अध्यक्ष केपी शर्मा ओलीले साँझ ५ बजे परिषद बैठक डाकेका हुन् ।

संसदका दुवै सदनको नियमावली पारित भएसँगै संसदीय सुनुवाई विशेष समिति गठनको बाटो खुलेपछि परिषद बैठकबाट प्रधान न्यायाधीशको नाम सिफारिस गर्न लागिएको हो । परिषदले नाम सिफारिस गरेपछि संसदीय सुनुवाई हुँदै राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।

प्रधान न्यायाधीशका लागि यसअघि नै न्यायपरिषद सचिवालयले बरिष्ठताका आधारमा क्रमशः दिपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्र शमसेर जबराको नाम पठाइसकेको छ ।

अख्तियारबारे के होला ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त पद पनि खाली रहेको छ । दिप बस्न्यातको अवकाशपछि नविन घिमिरेले कार्यवाहक अध्यक्षको रुपमा काम गरिरहेका छन् । संवैधानिक परिषदमा यसबारे पनि छलफल हुने सम्भावना छ ।

संवैधानक परिषद बैठकले प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने बाहेक अरु एजेण्डा थाहा नभएको कानुनमन्त्री शेरवहादुर तामाङले बताए । प्रधान न्यायाधीश सिफारिस गर्ने परिषद बैठकमा कानुन मन्त्री पनि सदस्यका रुपमा सहभागी हुने संवेधानिक व्यवस्था छ ।

संवैधानिक परिषदमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रतिनिधिसभामा विपक्षी दलको नेता र प्रतिनिधिसभाको उपसभामुख रहने संवैधानिक व्यवस्था छ । प्रधान्यायाधीश पद रिक्त रहेको अवस्थामा प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्दा संवैधानिक परिषदमा कानुन तथा न्यायमन्त्री सदस्यको रुपमा रहने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment