बलिउड अभिनेता सञ्जय दत्त एक समय ड्रग्सको दलदलमा नराम्ररी फसेका थिए । यतिसम्म कि उनले नशाको सुरमा आफ्नै बहिनीमाथि हातपात गरेका थिए ।
सञ्जयकी बहिनी नम्रताले यो कुराको खुलासा गरेकी हुन् । एक अन्तरवार्तामा उनले बताएअनुसार सञ्जयले जोडसँग धकेलेर लडाउँदा उनको खुट्टा भाँच्चिएको थियो । आमाको मृत्यूभएको केही दिनपछिको घटना हो यो ।
नम्रताले भनिन्, ‘आमाको मृत्यू भएको केही दिन मात्र भएको थियो । म पीडामै थिएँ । दाई भने ड्रग्सको कुलतमा हुनुहुन्थ्यो । एक दिन राति उहाँ बेस्सरी मातेर घर आउनुभयो । मैले उहाँलाई सम्झाउन खोजेँ । तर, उल्टै उहाँ मैमाथि झम्टिनुभयो । मेरो घाँटी थिचेर धकेल्नुभयो । म नराम्ररी लडेँ र मेरो गोडा भाँच्चियो ।’
सञ्जय स्वयम्ले पनि युवाअवस्थामा आफू ड्रग्सको अम्मली रहेको स्वीकार गरेका छन् । एक वर्षअघिको अन्तरवार्तामा उनले भनेका थिए, ‘एकपटक प्लेनमा बहिनीहरुसँग यात्रा गर्दा मैले जुत्ताभित्र ड्रग्स हालेको थिएँ । भाग्यवस प्रहरीले पत्ता लगाएन । त्यतिबेला अहिलेजस्तो कडा चेकिङ हुन्थेन ।’
सञ्जय दत्तको जीवनमा आधारित फिल्म ‘सञ्जु’ एउटा गीत रिलिज भएको छ, जसमा उनको ड्रग्स खाँदाखेरीको अवस्था देखाइएको छ ।
प्रतिक्रिया 4