Comments Add Comment

बराबरी हैसियतको एक भेटः ट्रम्प र किमको पहिलो भेटमा यस्तो देखियो

२९ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनले सिंगापुरको क्यापेला होटलमा पहिलोपटक भेट्दा एकअर्का प्रति सम्मान व्यक्त गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई सिंगापुरमा भव्य रुपमा सिंगारिएको वार्तास्थलमा भेटेका हुन् ।

अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताको ऐतिहासिक पहिलो भेटमा यस्तो देखियोः

१. झण्डा

जब विश्वले यी दुई नेताहरुले हात मिलाएर क्यामेराको लागि पोज दिएको हेर्न प्रतिक्षा गरिरहेको थियो, पृष्ठभूमिमा अमेरिकी र उत्तर कोरियाली झण्डाहरु एकपछि अर्को गरेर मिलाएर राखिएका थिए । उक्त दृश्य धेरै नै लोभलाग्दो थियो र यो किमको लागि ठूलो जित थियो जसले अमेरिकी राष्ट्रपतिसँग बराबरीको हैसियत बनाएका थिए ।

२. कोरियोग्राफी

ट्रम्पले आफ्नो होटल सात मिनेट अगाडि नै छोडेपनि किमभन्दा सात मिनेट ढिलो आइपुगेका थिए । उत्तर कोरियाली नेता वार्तास्थलमा चाँडो आइपुग्नुलाई आफूभन्दा धेरै उमेरका अमेरिकी राष्ट्रपतिलाई सम्मान गरेको संकेत देखाउँछ । यी दुई नेता सँगै हिँडे र हात मिलाउन ट्रम्पले पहिले आफ्नो हात अगाडि सारे ।

३. हृयाण्डसेक

अखबारको पहिलो पृष्ठमा ट्रम्प र किमले दुई देशको झण्डा अगाडि हात मिलाएको तस्वीर पक्कै छापिनेछन् । यी दुई नेता एक अर्कासँग बोल्न खोजे तर पछि अलमल्लमा परे । यद्यपी किमले ट्रम्पलाई अङ्ग्रेजीमा ‘नाइस टु मिट यु मिस्टर प्रेसिडेन्ट’ भनेको दक्षिण कोरियाली मिडियाले लेखेको छ । यसले उनको ओठलाई पढेको दाबी गर्दै यस्तो लेखेको हो ।

दुई नेताले १२ सेकेण्ड सम्म हात मिलाइरहे तर, यो हृयाण्डसेक ट्रम्पको जापानी प्रधानमन्त्री सिन्जोआबेसँगको भन्दा चैं छोटो थियो । ट्रम्प हात मिलाउने क्रममा सर्तक देखिएका थिए र उनले किमको हात दह्रोसँग समातेनन् । अरु मानिससँग हात मिलाउँदा उनले काँधमा थपथपाउँथे तर किमको काँधमा हात राख्ने उनले साहस गरेनन् र १२ सेकेण्ड लामो हृयाण्डसेकमा किमको कुहिनामा विस्तारे मात्रै थपथपाए ।

४. भाषा

ट्रम्पले किमसँग भेट्नु सौभाग्य भएको बताउँदै दुई बीचमा धेरै राम्रो सम्बन्ध हुनेमा कुनै शंका नै नरहेको बताए । त्यसैसमय किमले भने पुराना ‘पूर्वाग्रह र अभ्यासहरु’ले अमेरिका र उत्तर कोरियाको सम्बन्धहरु दशकौं सम्म चिसिएको बताए।

५. वार्ता

ट्रम्प र किमको भेटवार्ता चालिस मिनेटसम्म लम्बियो । वार्तामा दुई जना नेता र उनीहरुका ट्रान्सलेटर मात्रै थिए । अमेरिकी राष्ट्रपतिले वार्तामा उत्कृष्ट सम्बन्ध भएको बताए ।

ट्रम्पले यसअघि किम आणविक हतियार त्याग्नेबारेमा गम्भिर भए नभएको भन्ने बारेमा थाहा पाउन आफूलाई एक मिनेट नै काफी हुने बताउँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment