Comments Add Comment

लाइसेन्स बनाइदिने भन्दै दलाली गर्ने १३ जना पक्राउ

२९ जेठ, काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाइदिने भन्दै दलाली गर्ने १३ जनलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको नागार्जुन नगरपालिका-२ ठूलो भर्‍याङको यातायात कार्यालय नजिक विचौलियाहरुले लाइसेन्स बनाइदिने भन्दै दलाली गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका – १० बस्ने बर्ष २८ को सुमन महर्जन, काभ्रे तिमाल गाउँपालिका-५ घर भइ नागर्जुन नगरपालिका-२ वस्ने वर्ष २३ को किरण मोक्तान, सिन्धुपाल्चोक सागाचोक गढी नगरपालिका- ९ घर भइ काठमाडाैं महानगरपालिका-१५ बस्ने बर्ष २५ को राज तामाङ्ग, काठमाडाैं महानगरपालिका-९ कपन बस्ने वर्ष ३५ को चिन्तामणि श्रेष्ठ , बाजुराको जुगणा नगरपालिका – ६ भइ काठमाडाैं महानगरपालिका-१५ स्वयम्भु बस्ने वर्ष २२ को मानबहादुर रोकाय रहेका छन् ।

यस्तै नुवाकोट बिदुर नगरपालिका – ९ घर  भइ नागर्जुन नगरपालिका- २ बस्ने वर्ष ३५ को मछिन्द्र अधिकारी , नागर्जुन नगरपालिका वडा-२ ठूलो भ-याङ बस्ने बर्ष ४४ को नगेन्द्र शाक्य, नुवाकोट बिदुर नगरपालिका -३ भइ नागर्जुन नगरपालिका-३ बस्ने बर्ष २८ को नारायण वस्ती, पर्वत बिहादी गाउँपालिका – ३ घर भइ हाल काठमाडाैंको सामाखुसी बस्ने वर्ष २५ को होमबहादुर क्षेत्री , कास्कीको पोखरा उपमाहानगरपालीका-१४ घर भइ हाल  काठमाडाैंको नागर्जुन नगरपालिका-२ बस्ने बर्ष २६ को सिव बराल पनि पक्राउ परेका छन् ।

सोही ठाउँबाट प्रहरीले नुवाकोट दुप्चेश्वर गाउँपालिका- ६ घर भइ काठमाडाैंको नैकाप बस्ने बर्ष २५ को मोहन तामाङ्ग, नुवाकोट बिदुर नगरपालिका- ५ घर भइ काठमाडाैंको नागर्जुन-२ बस्ने बर्ष २३ को मनोहरी गजुरेल र बैतडीको मेलौली नगरपालिका-३ घर भइ काठमाडाैं नगरपालिका – १५ डल्लु बस्ने बर्ष २६ को चन्दन बिक्रमचन्दलार्इ समेत पक्राउ गरेको छ ।

उनीहरुलाई महानगरीय प्रहरी बृत्त स्वयम्भुबाट खटिएको प्रहरीले प्रक्राउ गरेको हो । उनीहरुको साथबाट नगदी रसिद १३ थान, नेपाली नागरिकताको फोटोकपी २ थान बरामद भएको छ ।

पक्राउ परेका सबैलाई ६ दिनको म्यादथप गरी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment