Comments Add Comment

लोपेटेगी बने रियल मड्रिडका नयाँ प्रशिक्षक

३० जेठ, काठमाडौं । रियलमड्रिडको प्रशिक्षकमा जुलेन लोपेटेगी नियुक्त भएका छन् ।

हाल उनी स्पेनको प्रशिक्षक छन् र विश्वकपका लागि रुस पुगेका छन् । त्यही बेला रियल मड्रिडले लोपेटेगीलाई प्रशिक्षकमा नियुक्त गरेको घोषणा गरेका हुन् ।

लोपेटेगीले तीन वर्षे सम्झौता गरेका हुन् । जुन १०१६ मा स्पेनको प्रशिक्षक हुनु अघि उनी २ वर्ष पोर्टोको प्रशिइाक थिए । ५१ वर्षीय लोपेटेगीले विश्वकपपछि प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने रियल मड्रिडले जनाएको छ ।

रियलका प्रशिक्षक जिनेदान जिदानले हालै मात्र राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment