Comments Add Comment

भेट्न नपाएर रोइरहेका फुच्चे फ्यानलाई रोनाल्डोले दिए ‘सरप्राइज’

काठमाडौं । पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले एक फुच्चे फ्यानको दिन अविस्मरणीय बनाइदिएका छन् ।

पोर्चुगलका राष्ट्रिय टिमका खेलाडीहरु विश्वकप खेल्नको लागि रुस उड्न बसबाट झरेर विमानतर्फ लाग्दै थिए । विश्वकपको लागि रुस जाने तयारीमा रहेको पोर्चुगलको राष्ट्रिय टिमको बिदाई गर्न धेरै समर्थकहरु आएका थिए ।

समर्थकहरु मध्ये एक फुच्चे फ्यान पनि थिए, जो आफ्नो आइडल रोनाल्डोलाई भेट्ने आशा सहित आमासँग त्यहाँ आएका थिए ।

सबै खेलाडीहरु बसबाट झरेर विमानतर्फ गइरहेको टाढैबाट देखेपछि बालक रोनाल्डोलाई भेट्न नपाएकोमा दुःख मान्दै रुन थाले । तर, टिमका स्टार खेलाडी रोनाल्डो बसबाट र्झन बाँकी नै थियो र उनले बच्चा रोइरहेको देखे ।

त्यसपछि उनले विमान चढ्ने हतारोका बीच पनि केहि समय निकालेर ७ नम्बर अकिंत पोर्चुगलको हरियो जर्सी लगाएका समर्थकलाई भेटे । ३३ वषिर्य स्टारले अंगालो मारेपछि रोइरहेका बच्चा मुस्कुराउन थाले र संगै फोटो पनि खिचाए ।

यस्तै रुसमा झरिसकेपछि गरिएको परम्परागत रुसी स्वागतमा आफ्नो दुविधा लुकाउन नसकेर रोनाल्डो मज्जाले हाँसेका छन् ।

यस्तो विशेष आतिथ्य राजनीतिक नेताहरु र कुटनीतिज्ञहरुलाई मात्रै गरिने चलन थियो तर, पोर्चुगलको टिमको स्वागतमा पनि रातोकार्पेट विच्छ्याइएको थियो ।

आकर्षक सुटबुटमा सजिएका टिमका सदस्यहरुको बीचमा रोनाल्डो थिए र उनी परम्परागत स्वागत ग्रहण गर्न तयार थिए । रुसी परम्परागत पहिरनमा सजिएका महिलाहरुले उनीहरुलाई नुनसहित रोटी दिएर स्वागत गरे । रोनाल्डोलाई यो अचम्म लाग्यो र उनले आफ्नो हाँसो थाम्न सकेनन् ।

पोर्चुगलले विश्वकपको पहिलो खेल स्पेनविरुद्ध जुन १५ मा खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment