Comments Add Comment

गृहमन्त्रीले उद्योगी व्यापारीसँग मागे गुण्डागर्दी गर्नेको लिस्ट

३० जेठ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले भ्रष्ट र गुण्डागर्दी गर्नेहरुको नामावलीसहितको सूचना गृह मन्त्रालयमा उपलब्ध गराउन उद्योगी, व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको कार्यक्रममा उनले समृद्धि चाहने हरेकले भ्रष्ट र गुण्डागर्दी गर्नेहरुलाई समाप्त पार्ने अभियानमा साथ दिने बताए ।

गृहमन्त्री थापाले विकास र समृद्धिको मुख्य बाधकको रुपमा रहेको भ्रष्टाचारलाई अन्त्य गर्न सरकारले शून्य सहनशीलताको नीति लिएको पनि स्पष्ट पारे । उनले उद्योगहरुको समृद्धि र विकासका लागि सरकारले सुरक्षाको उचित व्यवस्था गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

गृहमन्त्री थापाले असुली धन्दामा प्रहरी समेतको संलग्नता हुने गरेको उल्लेख गर्दै त्यस्ता तत्वलाई पनि निस्तेज पार्ने चेतावनी दिए ।

गृहमन्त्री थापाले कुशासनलाई सुशासन र भ्रष्टाचारलाई सदाचारमा नबदलेसम्म मुलुक समृद्ध हुनै नसक्ने पनि स्पष्ट परे । उनले सरकारले मुलुकको विकास र समृद्धिको मार्गमा बाधकको रुपमा रहेको ऐन, कानुनलाई परिमार्जन गर्दै लैजाने नीति लिएको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment