Comments Add Comment

प्रदेश ७ मा अर्को ग्यास उद्योग स्थापना, असारभित्रै सञ्चालनमा आउने


जेठ ३०, कैलाली । कैलालीको गोदावरी नगरपालिकामा ग्यास उद्योग स्थापना भएको छ ।

स्थानीय पाँच युवाले असार महिनाभित्रै सञ्चालन गर्ने गरी शैपाल ग्यास उद्योग स्थापना गरेपछि प्रदेश ७ मा ग्यास अभावको समस्या कम हुने विश्वास गरिएको छ ।

करिब १२ करोडको लागतमा निर्माण भइरहेको शैपाल ग्यास उद्योगमा सिद्धराज ओझा, गोपाल शाही, निर्मला भट्ट, मानबहादुर शाह र दिनेश शाहको लगानी रहेको छ ।

यसअघि कैलालीको रेडियण्ट ग्यास उद्योगले प्रदेश ७ मा ग्यासको माग पूरा गर्न सकेको थिएन । शैपाल ग्यास उद्योग सञ्चालन भएपछि प्रदेश ७ मा ग्यास अभाव नहुने सञ्चालक सिद्धराज ओझाले बताए । धनगढीलगायतका क्षेत्रमा अभाव भएका बेला नेपालगञ्जको मनकामना र भेरी ग्यास उद्योगबाट ग्यास लैजाने गरिएको थियो ।

करिब २ बिघा ५ कट्ठा क्षेत्रफलमा निर्माणधीन ग्यास उद्योगले अत्याधुनिक प्रविधिबाट ग्यास रिफिलिङ गरेर बजारमा पठाउने हुँदा तौल र गुणस्तरमा फरक नपर्ने सञ्चालक ओझाको दावी छ ।

उद्योगमा जडान गरिएको अत्याधुनिक प्रविधिबाट एकै पटकमा १४ हजार सिलिण्डरमा ग्यास भर्न सकिने सञ्चालकको भनाइ छ । उद्योगले आउँदो ६ महिना भित्रै एकलाख ग्यास सिलिण्डर बजारमा पुर्‍याउने लक्ष्य लिएकोसमेत ओझाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment