Comments Add Comment

फुटबलले बढाउन सक्छ उच्च रक्तचाप, यी उपाय अपनाउनुहोस्

तपाईं रातभर जागा बसेर फुटबल हेरिरहनुभएको होला । फुटबल हेरिरहँदा केही स्न्याक्स पनि खाइरहनु भएकै होला । रातभर बस्ने, स्न्याक्स खाने भएपछि मदिरा किन छुट्थ्यो ? केही न केही पिइरहनु भइरहेकै होला ।

यी आनीबानीले क्षणिक मनोरञ्जन दिन्छ नै । तर, रोग पनि निम्त्याउँछ ।

अनिन्द्रा

रातभर बसेपछि तपाईंको निन्द्रा पुग्दैन । जति सुत्नुपर्ने हो, त्यो समय पाउनुहुन्न । अर्कोतर्फ तपाईंको सुत्ने तालिका गडबड भएपछि गहिरो निद्रा नलाग्न सक्छ । अनिन्द्राले अनेक किसिमको रोग ल्याउँछ । यसले तनाव बढाउने, झर्को लाग्ने मात्र होइन, उच्च रक्तचापको दीर्घ रोगी पनि बनाउन सक्छ ।

स्न्याक्स

पर्याप्त निद्रा त पुग्दैन नै । त्यसमाथि राती तपाईंले थरीथरीका स्न्याक्स खानुहुन्छ । राती बसेर खाएका ति स्न्याक्सहरु त्यती स्वस्थ्यकर नहोलान् । जंकफुड, मासुजन्य परिकारले तपाईंको पाचन प्रणालीलाई अतिरिक्त भार दिने मात्र होइन, विकारयुक्त तत्व पनि शरीरमा प्रवेश गर्नेछन् । यसले मुटु, कलेजो, मिगौर्ंला जस्ता अंगलाई क्षति पुर्‍याउन सक्छ ।

अल्कोहल

रातभर जाग्राम बसेर फुटबल हेर्ने । स्न्याक्स खाने । त्यससँगै तपाईंले मदिरा पनि पिइरहनु भएको होला । यतिबेला धेरैजसो रेष्टुरेन्टमा पनि फुटबलको माहौल देख्न सकिन्छ । रेष्टुरेन्टमा फुटबल हेर्न जानुहुन्छ भने, मदिराको साथ पनि खोज्नु हुन्छ नै होला । कतिले घरमा पनि साथीभाईको जमघटमा फुटबल हेरिरहेका होलान् । उनीहरुले मदिरा छुटाउने कुरै भएन ।

मदिरा हानिकारक हो नै । अझ खेलको माहौलमा मदिरा सेवन गर्दा त्यो थप अनियन्त्रित हुनपुग्छ । यसले उच्च रक्तचाप बढाउने अधिक संभावना रन्छ ।

तनाव

खेलकुदले उमंग ल्याउँछ । खुसी ल्याउँछ । तर, यसको अर्को पाटो पनि छ । जब तपाई कुनै टिमको पक्ष वा विपक्षमा उभिनुहुन्छ, तपाईको मन स्थिर र शान्त रहँदैन । मनमा एक किसिमको बेचैनी हुन्छ ।

आफ्नो टिमका लागि हुटिङ गर्नुहुन्छ, चिच्याउनुहुन्छ । यस किसिमको मानसिक उथलपुथलले पनि तपाईंको मुटुलाई असर गरिरहेको हुन्छ ।

अस्तव्यस्त दैनिकी

तपाईंलाई थाहा छ, स्वस्थ्य जीवनका लागि नियमित दिनचर्य आवश्यक हुन्छ । निश्चित समयमा खाने, निश्चित समयमा सुत्ने ।

स्वास्थ्यका लागि नियमित रुपमा सात वा आठ घण्टा गहिरो निद्रा लिनु आवश्यक छ । राती चाडै सुत्ने र बिहान सबेरै उठ्ने गर्नुपर्छ । स्वस्थ्य जीवनका लागि सूर्योदयअघि नै उठ्नुपर्छ । तर, फुटबलको चक्करमा तपाईंको सुत्ने तालिका गडबड हुन्छ । न सुताई मिल्छ, न खानपान ।

बिहान अबेर उठेपछि खानपानको तालिका अन्य दिनजस्तो नियमित नहुन सक्छ । त्यसमाथि रातभर खाएको स्न्याक्स, पेयको असर पनि बाँकी रहन्छ । यस्तो अवस्थामा सामान्य दिनमा झै सन्तुलित र नियमित खानपानको व्यवस्था मिलाउन गाह्रो हुन्छ । यस किसिमको अनियमितताले शरीरलाई शिथिल बनाइदिन्छ ।

अर्कोतिर बिहान उठेर हिँडडुल गर्ने, मर्निङ वाक जाने, व्यायाम गर्ने, योग गर्ने तालिका पनि छुट्छ । एकातिर अस्वस्थयकर जीवनशैली, अर्कोतिर शारीरिक व्यायामको कमी । यसले शरीरमा रोग निम्याउँछ नै ।

विश्वकप फुटबलको चक्करमा यति धेरै लिप्त नहुनुहोस् कि, त्यसले स्वास्थ्यमै असर पुगोस् । फुटबल हेर्दै नहेर्ने भन्ने होइन । तर, फुटबल हेर्ने बाहनामा आफ्नो स्वस्थको ख्याल नराख्ने, जथाभावी खाने, जुनसुकै बेला सुत्ने जस्ता कुरामा नियन्त्रण गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment