Comments Add Comment

उपन्यास अंशः एउटा अन्तिम प्रेमपत्र

युटेनको विवाहपश्चात् मेरो बाँच्ने रहर मरेर जान थाल्यो । प्रत्येक पलपलमा युटेनको यो आखिरी म्यासेज हेरिरहन्थेँ । हजारौंपटक पढेँ, तर जतिपटक पढे पनि मेरो लागि सुनौलो लाग्दथ्यो । आखिर म्यासेज लेख्दा युटेनका आँखा पक्कै पनि कति रोए होलान् । मनमा उब्जिएका हजारौं प्रश्न मैले याद गर्न पनि नसक्ने भएँ । छिनभरमै सोचेका कुरा केहीबेरमै बिर्सिन थालेँ । म अब पागलजस्तो हुन लागेँ । युटेनका तस्बिर र गरेका सम्वादबाहेक मसित अरु केही थिएन ।

अब जति छिटो संसारबाट बिदा लिन्छु तबमात्र युटेनसित भेट हुने पक्कापक्की भयो । शरीरबाट चिसो पसिना खलखली आउन थाले । मलाई नै थाहा भएन के हुँदै छ । आज मेरै फोर्सले युटेन विवाह बन्धनमा त बाधिइनँ तर पछिका दिन के कस्ता हुनेछन् त्यो मलाई जानकारी नहुने भयो ।

जिन्दगीमा अरुको कसैको भए तापनि बाँचुन्जेल सम्पर्कमा हुने कुरा गरेको युटेनको शब्द पनि खै झुटो थियो या साँचो । उसको सिन्दुर हाल्ने बेलासम्म पनि मेरै पर्खाइमा रहेको र बाटो हेरेका कुराले निक्कै नै मुटु चिर्‍यो । चारैतिरबाट अब सम्पर्क हुने बाटाहरु बन्द थिए । विकल्प केही थिएन ।

चिन्तामा आएर युटेनले त्यस्तो केही नराम्रो घटना पो गर्ने हो कि भनेर कुराहरु मनमा सलबलाउन थाले । म आफैले पालेको आप\mनो सन्तान अरु कसैलाई कन्यादन दिएजस्तो महसुस गरेँ । हुन पनि त्यस्तै भयो । अब युटेनको आखिरी म्यासेज आयो ।

यति गहिरो कुराहरु युटेनले पहिले नै बताएको भए सायद मैले अरु केही विकल्प निकाल्थें कि ? अब मलाई झन् चिन्ताले सताउन थाल्यो । युटेनको लागि आखिरी चिठी लेखी सोसल साइटमा पोस्ट गर्ने मन बनाएँ यदि युटेनले नयाँ आइडी बनाएर मलाई सर्च गरिन भने यो चिठीले उसको मन अवश्य फर्काउनेछ ।

उसले माया गरिनँ आफ्नो जीवनसाथी सम्झेर तर मैले प्रेम गरेँ आफ्नो परिवारको हिस्सा सम्झेर ।

जुन ओइलाउँदै गएको गुलाबको फूलजस्तै थियो तर यहाँ सही समयमा उचित कुरा गर्न नसक्दा यस्तो हुन गयो । जब युटेनलाई उसको आमाबुवाले अर्कैलाई बिहे गरिदिए । हुन त यी कुराहरु मैले पनि पहिला नै गर्नु थियो तर मैले पहिला नै कसम खाएको थिएँ, हामी एक असल साथीमात्र बनेर साथसाथ हिँड्नेछौं ।

समय आउँदाको दिन आफ्नो आफ्नो गन्तव्य जानुपर्छ तर हाम्रो माया भने अमर र जीवित रहनेछ । मनमा केके कुरा खेल्न थाले । किनकिन मलाई अब थाहा छैन युटेनले विवाहको मण्डपबाट मात्र बिदा लिई या सधैंका लागि यो संसारबाट ? उसको कुराको आखिरी लेखाइले दुईटै कुरालाई सम्प्रेषण गर्छ । कन्फिडेन्ट भएर बुझ्न सकिनँ र युटेनको लागि आखिरी प्रेमपत्र लेख्ने निधो गरें-

‘प्रिय साथी युटेन,
असिम प्यार । अनगिन्ती सम्झनाहरु- हिजो/आज/भोलि/सधैंभरि…

मुटुको धड्कनसँगै हुर्केको माया आज टाढा हुँदै छ । मलाई थाहा थियो र तिमीलाई पनि तर… किनकिन आज एक्लो महसुस गर्दै छ यो मन । सायद अबका दिनहरु यस्तै कैयौं चिठीहरु लेखी र फोटोहरु हेरेर नै बिताउनुपर्ने हुन्छ होला ।

मलाई नरुन नभन्नु है किनकि मैले भोलिका दिनहरुबाट रुन छाड्नुपर्छ । हाँसीखुसी रहनु समय मिल्दा सम्झिदिनु अमृत शुभकामना

निद्रामा पनि च्याट गर्दै थिएँ । सायद मेरो मनलाई थाहा भएर नै होला । अब आजको दिनबाट च्याट हुन सक्दैन । त्यसैले त केके लेखिरहेको थिएँ । के लेखेँ त्यो मलाई ठ्याक्कै याद छैन बस् यत्तिमात्र याद छ कि अन्तिममा लेखिएको थियो- ‘बेबी आफूलाई ख्याल राख्नु है । किनकि भोलिबाट हजुरलाई केयर गर्ने अरु नै कोही छ । जब एक्लो महसुस हुन्छ तब आँखा चिम्लेर मलाई सम्झिदिनु । कहिल्यै एक्लो महसुस हुन दिनेछैन । समयमै औषधि खानु । आज म अन्तिमपटक चिच्याएर रुन्छु । मनभरि रुन्छु । सानो दूधेबालक भोकले रोएझैँ । तर वास्तविकता फरक । फरक प्रेमको बिछोड वियोग ।

अन्तिमपटक सम्पर्क हुन नसके पनि मेरो सन्देश कुनै न कुनै माध्यमबाट पुग्न सकोस् । जति पनि माया गर्ने प्रेमीहरु हुनुहुन्छ, उहाँहरुलाई मेरो पोस्टले गलत सन्देश नदियोस् । लभ यु फरइभर !

मलाई नरुन नभन्नु है किनकि मैले भोलिका दिनहरुबाट रुन छाड्नुपर्छ । हाँसीखुसी रहनु समय मिल्दा सम्झिदिनु अमृत शुभकामना दिँदै टुक्रिएको घाइते मुटु जोड्ने कोसिस गर्दै म्यासेजको अन्तिम पर्खाइमा… अलबिदा/शुभम् ।’

भोलिपल्ट बिहान नेट खोलेर हेरेँ । मेरा आँखा बारम्बार युटेनको म्यासेजको पर्खाइमा थिए । तर उसको अकाउन्ट डिएक्टिवेट नै थियो । सर्च गरेँ खोजेर भेट्टाउन सकिनँ । सोच्थेँ, उसले एकपटक भए पनि एक्टिभ गरी भने उसलाई सम्झाउँथें । सम्झाउन सक्ने मनमा धेरै अप्सनहरु थिए । मोबाइल नम्बर काठमाडौंका साथीहरुलाई दिएर पनि बारम्बार चेक गर्न लगाएँ तर कैयौं प्रयासका बाबजुद पनि असफल नै हुनुपर्‍यो ।

यतिसम्म कि नेपाल टेलिकमको अफिसमा गएर पनि नम्बर चेक गराएँ तर सिमकार्ड डिएक्टिभेट गराइएको रहेछ । शङ्का लाग्यो सायद युटेन संसारमा छैन होला । एक्लै कोठामा बस्थेँ कसैसित बोल्न मन लाग्दैनथ्यो । यस्तो लाग्दथ्यो कि भाग्यले ठगिएको सायद यो संसारमा मात्र म थिएँ । दिनरात वाइन र व्हिस्की अनि चुरोटबाहेक अरु केही खान मन लाग्दैनथ्यो । दिनको १-२ पटक अनलाइनमा आएर उसलाई खोज्थेँ । फेरि पनि झिनो आशा मरेर गएको थिएन । यो मन बारम्बार युटेनलाई नै खोजिरहेको हुन्थ्यो ।

युटेन गुलाबी साडीमा सजिएर मेरासामु आएकी थिई । ओठमा लगाएको रातो लिपिस्टिक र घाँटीको मङ्गलसुत्र अनि कानमा लगाएका झुम्का निक्कै सुन्दर देखिएकी थिई । उसको शरीरबाट मगमगाइरहेको लेडिज पर्फ्युमले नाकका पोराहरु स्पर्श गर्दै थियो

०००

कताकता मोबाइलमा घण्टी बजेजस्तो आवाज आउँथ्यो, तर सपनाझैं लाग्यो । निरन्तर बजिरहृयो अलिअलि होसमा थिएँ । मोबाइलमा आएको कल उठाएँ तर बोल्न सक्ने स्थितिमा थिइनँ । केके बोलेँ, मलाई थाहा थिएन । ओमप्रसादले फोन गरेको रहेछ । मेरो लर्बराएको आवाज सुनेर ऊ आत्तिएछ । तुरुन्तै केहीबेरमै ऊ आइहाल्यो । मेरो यस्तो हालत देखेर ऊ आफै आत्तिएछ । तुरुन्तै ट्याक्सीमा हालेर नजिकको अस्पतालमा लगेछ । म होसमा थिइनँ । जब होसमा आएँ, तब म भाटिया अस्पतालको बेड नं. १११ मा सुतिरहेको थिएँ ।

ओम खाना लिएर आउँछु भन्दै रुमतिर लाग्यो । अर्जुनको नाइट ड्युटी रहेछ । देवु र हेमन्त साथमा थिए । मलाई केहीबेर निद्रा लाग्न जस्तो भयो सायद लगाएको सुईको गर्दा होला ।

युटेन गुलाबी साडीमा सजिएर मेरासामु आएकी थिई । ओठमा लगाएको रातो लिपिस्टिक र घाँटीको मङ्गलसुत्र अनि कानमा लगाएका झुम्का निक्कै सुन्दर देखिएकी थिई । उसको शरीरबाट मगमगाइरहेको लेडिज पर्फ्युमले नाकका पोराहरु स्पर्श गर्दै थियो ।

युटेनले मेरा गाला सुमसुम्याउँदा हातमा लगाएका दुई दर्जन चुराहरु एकैसाथ छनछन् बजिरहेका थिए । उसले विवाह राम्रोसित भएको र श्रीमान पनि धेरै बुझ्नेखालको हुनुहुन्छ भन्दै थिई ।

(शिव बस्यालको उपन्यास ‘बिस्मिता’को अंश । गत साता विमोचन भएको उक्त उपन्यासलाई इन्डिगो इंकले बजारमा ल्याएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment