+
+
Shares

आर्यन र साम्राज्ञीको फिलिपिन्सको रोमान्स हार्डडिस्कबाट उड्यो

अनलाइनखबर अनलाइनखबर
२०७५ असार ३ गते १२:५९


निर्माता तथा नायक आर्यन सिग्देल आफू निर्मित चलचित्र ‘कायरा’लाई लिएर एकसाथ उत्साहित र तनावग्रस्त एकसाथ छन् । यो चलचित्रको प्रदर्शन मिति अझै तय भएको छैन । साउन १८ गते चलचित्र रिलिज गर्ने आर्यनको सोच भए पनि पक्का भएको छैन ।

लक्ष्मण रिजालले निर्देशन गरेको यो चलचित्रमा आर्यनसँग साम्राज्ञी राज्यलक्ष्मी शाहले स्त्रिmन सेयर गरेकी छन् । चलचित्रको ट्रेलर केही दिनमै रिलिज गर्ने योजना यसको निर्माण पक्षको छ ।

तर, ट्रेलरअगाडि गीत रिलिज गर्ने आर्यनको योजनामा भने धक्का लागेको छ । कारण, फिलिपिन्समा खिचिएका २ गीतका केही दृश्य हार्ड डिस्कबाट उडेपछि तनाव भएको हो ।

निर्देशक रिजालले यो कुराको पुष्टी गरे । उनले भने-‘पुरै गीतको छायांकनको दृश्य उडेको होइन । २ वटा गीतको केही दृश्य हार्ड ड्राइभ बिग्रिएकाले रिकोभर गर्न सकिएन ।’

हार्ड ड्राइभमै समस्या आए पनि २ वटा गीतका धेरै दृश्य रिकभर गर्न सकिएको उनले बताए । रिजालले भने-‘तर, रिकभर हुन नसकेका दृश्यविना गीत रिलिज गर्न पाइएन । यसैले, हामी ती दृश्य खिच्नका लागि फेरि फिलिपिन्स नै जान्छौ होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?