+
+
Shares

पहिरोपछि नारायणगढ मुग्लिन सडक एकतर्फीमात्र सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०७५ असार ३ गते १९:१८


३, असार, चितवन । आइतबार साँझ पानीसँगै आएको पहिरोले नारायणगढ मुग्लिन सडकखण्ड आइतबार साँझ ७ बजेदेखि एकतर्फी सञ्चालनमा आएको छ ।

इच्छाकामना गाउँपालिका ६ स्थित जलविरे भन्ने ठाउँमा पहिरो झरेपछि सडक अवरुद्ध भएको नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।

साँझ पौने ६ बजे पहिरोसँगै रुख र बिजुलीको पोलसमेत लडेकोले त्यसलाई हटाएर दुई तर्फी सडक सञ्चालन गर्न समय लाग्ने चितवनका ट्राफिक प्रहरी प्रमुख वेदप्रसाद गौतमले बताए ।

सडकमा सवारीको चाप बढी छ । पहिरो झरेपछि मुग्लिनमै सवारी साधनलाई रोकेको विस्तारै पठाउने काम गरिएको उनले बताए । कालोपत्रे गरेर एक हप्ता सहज भएको यो खण्डमा बर्खा लागेसँगै पटकपटक पहिरोले दुःख दिन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?