Comments Add Comment

जम्मू कश्मीर सरकार अल्पमतमा, बीजेपीले गठबन्धन तोड्यो

५ असार, काठमाडौं । भारतीय जनता पार्टीले जम्मू कश्मीरमा पीडीपीसँग गठबन्धन तोडेको घोषणा गरेको छ । यससँगै मुख्यमन्त्री महबुबा मुफ्तीको सरकार अल्पमतमा परेको छ ।

बीजेपी नेता राममाधवले दिल्लीमा पत्रकार सम्मेलन गरेर गठबन्धनबाट अलग हुनुको कारण दिए । उनले भने, ‘हामीले तीन वर्षअघि जुन उद्देश्य लिएर सरकार बनाएका थियौं । त्यो पुरा हुने दिशामा कति सफल भयौं भन्ने छलफल गर्‍यौं ।’

भारतीय सञ्चार माध्यमहरुका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदी र अध्यक्ष अमित शाहसँग परामर्श गरेर निर्णय लिइएको उनले बताए ।
जम्मु कश्मीर विधानसभामा कुल ८७ सिट छ । अब मुख्यमन्त्री महबुबासँग २८ विधायक मात्र छ ।

त्यहाँ बीजेपीका २५ विधायक थिए । नेशनल कांग्रेसको १५ र कांग्रेसको १२ विधायक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment