Comments Add Comment

नायिका केकी ‘कोहलपुर एक्सप्रेस’मा अस्ट्रेलिया आउँदै

सिड्नी / केकी अधिकारी, प्रियंका कार्की र ऋचा शर्मा तीनजना नायिकाहरुको मुख्य भूमिका रहेको ‘लेडी लिडिङ कमेडी फिल्म’ अर्थात नारी प्रधान हास्य चलचित्र कोहलपुर एक्सप्रेसको यो सप्ताहन्तदेखि अस्ट्रेलियाब्यापी प्रदर्शन हुने भएको छ ।

जुन २२ देखि अस्ट्रेलियामा प्रदर्सन हुने उक्त चलचित्रको केकी अधिकारी स्वयम निर्माता पनि हुन् । अस्ट्रेलियामा प्रदर्शनमा भाग लिन नायिका तथा निर्माता केकी अधिकारी अस्ट्रेलिया आउने भएकी छन् ।

उनी जुन २२ मा साउथ अस्ट्रेलियाको एडीलेडमा, २४ जुनमा तास्मनियाको होबर्टमा, २६ जुनमा भिक्टोरियाको मेलबर्नमा, ७ जुलाइमा न्यू साउथ वेल्सको सिड्नीमा, ८ जुलाइमा कुइन्स्ल्यनडको ब्रिसबेनमा, १० जुलाइमा क्यानबेरामा र १५ जुलाइमा वेस्टर्न अस्ट्रेलियाको पर्थमा हुने प्रदर्शनमा सहभागी हुन शुक्रबार एडीलेड आइपुग्दै छिन ।

यसअघि केकीकै फिल्म ‘लब सासा’ पनि अस्ट्रेलियामा प्रदर्शन भएको थियो । नेपाली फिल्मको बजार बिस्तारको लागि आफूहरु लागि पर्ने स्थानीय आयोजक हरुले बताए ।

वैशाख १४ गतेबाट नेपाल प्रदर्शनमा आएको केकीको फिल्म कोहलपुर एक्सप्रेसले नेपालमा सन्तोषजनक व्यापार गरेको बताइएको छ ।

नेपाली कला तथा सस्कृतिको प्रबासमा पनि प्रबर्दन गर्ने उद्धेश्यले उक्त चलचित्रको अस्ट्रेलियाब्यापी प्रदर्शनको ब्यबस्था गरिएको अस्ट्रेलियाब्यापी प्रदर्शनको संयोजन गरेका दिपेन्द्र अधिकारिले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment