८ असार, काभ्रे । धुलिखेल सामुदायिक अस्पतालमा म्याद गुज्रिएको औषधि भेट्टएिको छ । जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले धुलिखेल सामुदायिक अस्पतालको फार्मेसीबाट म्याद गुज्रिएको औषधी फेला पारेको हो ।
‘अनुगमनका क्रममा धुलिखेल सामुदायिक अस्पतालको फार्मेसीबाट मानसिक रोगका लागि प्रयोग हुने औषधि इटाट्रम ५ एम्जी तीस वटा ट्यावलेट म्यद गुजि्रएको भेटिएको हो, हामीले यो औषधी जफत गरेका छौं’ जिल्ला जनस्वास्थ्य अधिकृत नन्नराज वस्तीले अनलाइनखबरसँग भने ।
धुलिखेल अस्पतालका फार्मेसी प्रमुख हिरामान शंखरले गलत नियतले औषधी बिक्री कक्षमा म्याद गुजि्रएको औगाधी नराखिएको जिकिर गरे । उनले भने, ‘हामीले हामीले यो एक्सपार भएको औषधि छुट्टाएर तल लाने गरेका छौं, यो पनि आज नै लैजादै थियौं ।’
जथाभावी खोलिएका फार्मेसीमा धेरै समस्या रहेको गुनासो आएपछि अनुगमन र नियमन तर्फ लागिएको सहायक प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए ।
प्रतिक्रिया 4