Comments Add Comment

नवलपरासीमा बस र ट्रक ठोक्किए, १५ यात्रु घाइते


९ असार, नवलपरासी । पूर्व‐पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा  भएको सवारी दुर्घटनामा १५ जना यात्रु घाइते भएका छन् ।

गैँडाकोट–९, थुम्सीमा पश्चिमबाट पूर्वतर्फ आइरहेको ना६ख ५९२७ नंको ट्रकलाई सोही दिशाबाट आउँदै गरेको ना६ख ४१६ नं को बसले शनिबार बिहान ४ः३० बजे ठक्कर दिँदा बसमा सवार १५ जना यात्रु घाइते भएका हुन् ।

प्रहरीका अनुसार,  घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । उनीहरुको उद्धार गरेर पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment