Comments Add Comment

किन मनाउँछन् युवतीहरूले ‘नो पेन्टी डे’ ?


मानिसहरू आफ्ना परम्परागत बिदाबाट खासै सन्तुष्ट छैनन् त्यसैले उनीहरू आजकाल विभिन्न नौला किसिमका दिवसहरू मनाउन थालेका छन् ।

हामीले नेपालमा गणतन्त्र दिवस, प्रजातन्त्र दिवस जस्ता दिवसहरू मनाउँदै आएका छौं । त्यस्तै पश्चिमा सँस्कृतिबाट प्रभावित भइ मनाउन थालिएको ‘फ्रेन्डसिप डे ‘ र ‘भ्यालेन्टाइन्स डे’ पनि युवापुस्ताले राम्रैसँग मनाउँछन् तर, के तपाईले ‘नो पेन्टी डे’ अर्थात पेन्टी नलगाउने दिवसको बारेमा सुन्नुभएको छ ।

सुन्नुभएको छैन भने हामी तपाईलाई यसबारेमा जानकारी दिन गइरहेका छौं । जुन २२ लाई नो पेन्टी डे को रुपमा मनाइने गरिन्छ । विशेषगरि इन्टरनेट विस्तार भएपछि सामाजिक सञ्जालहरूको माध्यमबाट यो दिवस मनाउनेको सङ्ख्या बढीरहेको छ ।

‘नो पेन्टी डे’ मनाउन ठ्याक्कै कहिलेबाट सुरु भयो भन्ने छैन तर ९० को दशकको सुरुवातबाट मनाउन थालिएको विश्वास गरिन्छ । यो दिवसमा विशेषगरी युवतीहरूले भित्री वस्त्र अर्थात पेन्टी लगाउँदैनन् । यस्तै युवतीहरूले ‘नो ब्रा डे’ पनि मनाउने गर्छन् ।

धेरै युवतीहरूले विशेषगरि सामाजिक प्रतिबन्धलाई चुनौती दिँदै स्वतन्त्रता महसुस गर्न यो दिवस मनाउने गर्छन् ।

नेपाली युवतीहरूले यस्ता दिवस खुलेरै मनाइएको पाइदैँन तर, सामाजिक सञ्जालको प्रयोगमा व्यापकतासँगै नेपाली युवतीहरूले पनि यस्ता दिवसबारे चासो राख्ने गरेका छन् ।

यस्तो भित्री वस्त्र नलगाउने सोचको बारेमा धेरैले विभिन्न नकरात्मक धारणाहरू राख्ने गर्छन् । यो यौन स्वास्थ्यको लागि पनि हानीकारक हुने विश्वास धेरैले गर्छन् । तर, यस दिवसको समर्थन गर्ने युवतीहरूले भने पेन्टी नलगाउँदा सजिलो हुने र स्वतन्त्रता महसुस हुने बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment