Comments Add Comment

‘ब्रेकअप’ नगर्ने भए सलोनले , तनावमा को–को ?


सलोन बस्नेत प्रेममा छन्, गहिरो प्रेममा । नायिका करिश्मा श्रेष्ठसंग चलचित्र ‘लबसब’ खेल्नुभन्दा अगाडिदेखि सलोन उनको प्रेममा थिए । असार २९ गते आउने चलचित्र ‘बाबुकान्छा’मा पनि यि दुईको रोमान्टिक जोडी देख्न पाइनेछ ।

दुनियाँको नजर लाग्छ भनेर केही समयअघि आफ्नो सम्बन्ध साथीको मात्र रहेको बताएका सलोन र करिश्माबीचको सम्बन्धमा कहिल्यै ‘ब्रेकअप’ भएकै छैन र दुबैको धारणा पनि त्यही छ । वास्तविक जीवनको प्रेमका ‘ब्रेकअप’ नगर्ने अठोट लिएका सलोनले ‘ब्रेकअप’ शिर्षक भएको चलचित्र किन गर्थे र ?

‘होस्टेल’बाट नायकका रुपमा डेब्यु गराउने निर्देशक हेमराज बिसीको निर्माणाधिन चलचित्र ‘ब्रेकअप’को पहिलो शेड्युलमा सहनायक भएका केही दिनको छायांकन गरिसकेका सलोनले व्यस्तताका कारण अष्ट्रेलियामा जान नमिल्ने भएपछि उक्त चलचित्रबाट हात झिकेका छन् ।

आफ्नै होम प्रोडक्सन ‘बाबुकान्छा’को प्रमोशन, चलचित्र ‘यात्रा द ब्लग’को छायांकन, चलचित्रहरु ‘सुश्री सम्पत्ति’ र ‘घनचक्कर’को बाँकी रहेका गीतहरु छायांकन आदिमा व्यस्त रहनु परेकाले सलोनले नभ्याएको उनले बताए ।

यता चलचित्र ‘ब्रेकअप’का निर्माता सरोज न्यौपाने तथा निर्देशक हेमराज बिसी भने सलोनको स्थानमा कसलाई लिने भन्ने तनावमा छन् किनकी जसलाई लिए पनि उसलाई तुरुन्तै अष्ट्रलियाको भिसा लगाउनु पर्ने हुन्छ, जसका लागि लामो समय पनि लाग्नसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment