चलचित्र ‘जाइरा’का लागि कपाल काटेकी नायिका नम्रता श्रेष्ठलाई अर्को चलचित्र ‘प्रसाद’मा भने अप्ठ्यारो पर्यो । किनकी, छोटो समयमा नै उनको छोटो कपाल लामो हुने संभावना नभएपछि उनले नक्कली कपाल प्रयोग गर्दै चलचित्र ‘प्रसाद’को छायांकन सुरु गरेकी छिन् । चलचित्र ‘जाइरा’को पत्रकार सम्मेलनमा नै नम्रताले ‘प्रसाद’का लागि नक्कली कपाल प्रयो गर्ने बताएकी थिइन् ।
चलचित्रको शुभसाइत समारोहमा नम्रताको पहिरन निकै फरक थियो । संभवत, पत्रकारले उनलाई यसअगाडि यस्तो भेषमा देखेका थिएनन् होला । उनै, नम्रता सोमबार चलचित्रको मुहुर्त समारोहमा गृहिणी लुकमा देखिइन् ।
चलचित्रमा उनको भूमिका विवाहित महिलाको छ । निःशन्तान दम्पत्तीको कथालाई उठान गरेको यो चलचित्रको मुहुर्त कार्यक्रममा नम्रता गृहिणी भेषमा उपस्थित थिइन् ।
प्राय कार्यक्रममा बोल्ड एन्ड ब्यूटी देखिने नम्रताको यो भेष भिन्न थियो । चलचित्रको छायांकन पनि आजैबाट सुरु भएकाले नम्रता भूमिका अनुसारकै गेटअपमा उपस्थित भएकी थिइन् ।
प्रतिक्रिया 4