+
+
Shares

नागढुंगा र चाबहिल सडकसहित विस्तार आयोजनाहरुको म्याद एक वर्ष थप

प्रचण्डका घरबेटीसहितका ठेकेदारलार्इ चिठ्ठा !

रविन्द्र घिमिरे रविन्द्र घिमिरे
२०७५ असार ११ गते १७:०५

११ असार, काठमाडौं । काठमाडौंमा म्याद सकिएका सडक विस्तार आयोजनाहरु अर्को एक वर्ष लम्बिने भएका छन् । विस्तारको काममा ढिलाई भइहरँदा सरकारले त्यसमा आफ्नो पक्षको पनि कमजोरी रहेको र कतिपय विषय अदालतका कारण अन्योलमा रहेको भन्दै समयावधि सकिएका आयोजनाहरुको म्याद अर्को एक वर्षका लागि थपिएको हो ।

सडक विभागकाअनुसार कलंकी-नागढुंगा खण्डको म्याद पनि एक वर्ष थपिएको छ । यो खण्डमा चारवटा उपखण्डमा विभाजन गरेर निर्माणको काम भइरहेको छ ।
काठमाडौंमा अहिले धेरै सडक विस्तारका आयोजनाहरुमा ढिलाई भइरहेका छन् । एक वर्ष म्याद थपेर ठेकेदार कम्पनीहरुलाई अर्को मौका दिइएको हो ।

यो सडकको सबै खण्डमा नेकपाका अध्यक्ष पुषपकमल दाहाल ‘प्रचण्ड’का घरबेटी शारदाप्रसाद अधिकारीको शैलुङ  कन्सट्रक्सनको विभिन्न ज्वाइन्टभेन्चर कम्पनीसँग ठेक्का छ । यो सडक विस्तारमा भएको ढिलासुस्ती र लापर्वाहीले स्थानीयलाई धुलो मात्र खुवाएको छैन, यात्रुलाई त्यतिकै सास्ती दिएको छ ।

घरजग्गाको मुआब्जाको विवादले काम सुस्त भएको भएको छ । काम गर्न सहज वातावरण भएका स्थानमा पनि सडकको हालत उस्तै छ ।

कलंकीदेखि ३ किलोमिटर अघिसम्मको सडक शर्मा-शैलुङ-कान्छाराम जेभीले जिम्मा पाएको छ । २०७४ साल असोज मसान्तसम्म यो खण्डको निर्माण सकिनुपथ्र्यो । त्यसपछिको तीन किलोमिटर सडक लुम्बिनी-शैलुङ-साप जेभीको जिम्मामा छ ।  नागढुंगातर्फको ३.१० किलोमिटर सडक शर्मा-शैलुङ-कान्छाराम जेभीले निर्माण गर्दैछ ।

चाबहिल-साँखु खण्डको पनि म्याद थपिएको छ । यो खण्डमा पनि विस्तारको काम सुस्त छ ।

घरजग्गाको मुआब्जा विवाद लगायतका समस्या देखाउँदै काम नभएपछि यो खण्डममा वर्षाका समयमा हिँड्न नसकिने अवस्था भएको छ । अब एवर्षसम्म यो खण्डमा पनि यात्रुले सास्ती भोग्ने पक्का भएको छ ।

११.४६ किलोमिटरको यो खण्डमा मुआब्जा विवादका कारण धेरै क्षेत्रमा विस्तारको काम नै हुन सकेको छैन । कतै आंशिक मात्रै काम भएको छ ।

अर्को हरिसिद्धि र गोदावरी सडकको पनि म्याद एकवर्ष थपिएको छ । यसका कारण यो क्षेत्रमा पनि एक वर्षसम्म सडकमा अस्तब्यस्तता कायमै रहनेछ ।

ढोलाहिटी-चापाँगाउँ सडकमा पनि ठेकेदारलाई अर्को एकवर्षको चिठ्ठा परेको छ । यो खण्डमा पनि अबको १२ महिनासम्म स्थानीयले सास्ती भोग्नुपर्ने पक्कापक्की भएको छ ।

सडक विभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठ मुआब्जाबारे अदालतमा विचाराधीन मुद्धाका फैसला समयमै नआउँदा सडक विस्तारका काममा समस्या भइरहेको बताउँछन् ।

‘निर्माण सामग्रीको अभाव पनि कारण हो । हामी समयमै काम गराउन आतुर छौं,’ श्रेष्ठले भने,’तर, विभिन्न समस्याहरु आइरहेका छन् । त्यसलाई समाधान गर्न हामी आफैं अग्रसर भएर प्रयास गरिरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?