Comments Add Comment

‘कायरा’ ट्रेलरमा आर्यन र साम्राज्ञीको सुहाएको केमेष्ट्री


आर्यन सिग्देल इन्टरटेन्मेन्ट र आर एन्ड आर प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्र ‘कायरा’को ट्रेलर रिलिज भएको छ । चलचित्रको ट्रेलरमा मुख्य कलाकारहरु नायक आर्यन सिग्देल र नायिका साम्राज्ञी राज्यलक्ष्मीको प्रेम, विछोडलाई देखाइएको छ ।

म्यूजिकल लभ स्टोरी कथामा निर्माण भएको यो चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । चलचित्रमा आर्यन र साम्राज्ञीको साथमा शिशिर राणा, हितेश शर्मा, सुरेश न्यौपाने, मरिषा श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत, प्रविण सिंहको कोरियोग्राफी, शिवराम श्रेष्ठको छायांकन, केदार भुषालको पटकथा तथा संवाद, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन छ । चलचित्रको सम्पूर्ण छायांकन फिलिपिन्समा गरिएको छ । फिलिपिन्सका दृश्य, आर्यन र साम्राज्ञीको केमेष्ट्री, गीतसंगीतले चलचित्र उत्कृष्ट बनेको अड्कल लगाउन सकिन्छ ।

साउन १८ गतेबाट रिलिज हुने चलचित्रबाट नायक सिग्देल निकै उत्साहित छन् । उनले, अब आफूले नराम्रो चलचित्र नखेल्ने बताइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment