Comments Add Comment

बर्षा र अनुपको कानेखुशी


नायक अनुप विक्रम शाही नेपाली चलचित्रमा नयाँ सुमन सिंह बन्ने बाटोमा छन् । सुमन सिंहले राम्रो अभिनय गरेतापनि अफर आएका सबै चलचित्रमा काम गरिदिदा अहिले उनको अस्तित्व मेटिएको छ । सुमन सिंह कता छन् र के गर्दैछन् भन्ने चासो न चलचित्रकर्मीलाई छ न त मिडियालाई नै । अहिले सुमन सिंहकै शैलीमा काम गरिरहेका नायक हुन्, अनुप विक्रम शाही । अभिनय उत्कृष्ट गरेपनि चलचित्र छान्न नजान्दा अनुप विक्रम चलेको बेलामा पैसा कमाइहालौ भन्ने लाइनमा रहेको प्रष्ट छ ।

यता, नायिका बर्षा सिवाकोटीको चलचित्र यात्रा पनि सुखद छैन । उनले अभिनय गरेका चलचित्रबाट प्रशंसा पनि खासै पाएकी छैनन् । कुनै समय चलचित्रकर्मी र मिडियाबाट टाढा रहेरै हिट हुने लाइन समातेकी बर्षा अहिले भने नजिक हुन थालेकी छिन् । हिट चलचित्र दिएर चम्कने उनको दाउ त छ तर पुरा हुने कहिले हो, अत्तोपत्तो नै छैन ।

उनले आफ्नो शरीरलाई स्लिम समेत बनाइन् । तर, स्लिम शरीरले पनि उनलाई त्यस्तो फाइदा भैसकेको छैन । उनै, बर्षा र अनुपको जोडी भने पर्दामा दोहोरिन थालेको छ । यो जोडीले काम गरेको चलचित्र ‘जय शम्भु’ रिलिज हुनै बाँकी छ । यो चलचित्र रिलिज अगावै यो जोडी ‘पुरानो बुलेट’ नामक चलचित्रमा काम गर्न तयार भएको छ ।

चलचित्रको घोषणा कार्यक्रममा बर्षा र अनुपको ट्यूनिङ गज्जबकै देखियो । उनीहरु, लामो समयसम्म कानेखुशीमा व्यस्त देखिएका थिए । निर्देशक मिलन चाम्ससँग नजिक भएकी बर्षा मिडियामा गसिप नबनोस् भनेर अनुपसँग बढी घुलमिल देखिएकी थिइन् ।

तस्बिरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment