+
+
Shares

मालाको फिल्मी यात्रा यता न उताको

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १३ गते १२:३७


नायिका माला लिम्बु चलचित्र क्षेत्रमा प्रवेश गर्दै गर्दा उनले केही संभावना देखाउँछिन् कि भन्ने धेरैलाई विश्वास थियो । तर, मालालाई पहिलो गासमै ढुंगा लाग्यो ।

‘वन वे’ नामक चलचित्रले उनलाई सफलता दिलाउन नसकेपछि निर्माताले पनि उनीमाथि लगानी गर्न आवश्यक ठानेनन् । चलचित्र ‘पर्व’मा उनले अभिनय त गरिन्, तर त्यसले उनलाई खासै काम गरेन । यसपछि, माला म्यूजिक भिडियोमै व्यस्त बनिन् ।

मालाले नयाँ चलचित्र ‘पुरानो बुलेट’मा काम गर्दैछिन् । यो चलचित्रको अफर उनका लागि खडेरीमा पानी परेजस्तै भएको छ । तर, चलचित्र पाउनु मात्र ठूलो कुरा पनि होइन । चलचित्र र कलाकारले सफलता पाउनु ठूलो कुरा हो ।

चलचित्र क्षेत्रमा आउनु ठूलो कुरा होइन । तर, एउटा स्थान बनाउन सक्नु ठूलो कुरा हो । मालाको चलचित्र करिअर अहिले यता न उताको बनेको छ । उनले अब यसलाई कसरी सम्हाल्छिन् भन्ने मुख्य कुरा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?