Comments Add Comment

यसपटक अर्जेन्टिनाको पाँच फाइनल, एउटा सकियो – साम्पाओली


१३ असार, काठमाडौं । विश्वकप समूह चरणका दुई खेलमा खराब देखिएको अर्जेन्टिना टिमले अन्तिम खेलमा नाइजेरियालाई २-१ ले हराउँदै अघिल्लो चरणमा स्थान बनाएपछि प्रशिक्षक जर्ज साम्पाओलीले एउटा फाइनल सकिए बराबर भएको बताएका छन् ।

‘मैले भनेकै थिएँ यसपटक अर्जेन्टिनाका लागि विश्वकपमा पाँच खेल फाइनलजस्तै हुनेछ । हामीले एउटा फाइनल जित्यौं अब चार बाँकी छ’ साम्पाओलीले भने ।

समूह चरणका दुई खेल सकिदा अप्ठ्यारो परिस्थितिमा रहेका साम्पाओलीले आफूलाई अपराधि जस्तो व्यवहार गरिएको बताएका थिए । नाइजेरियासँगको खेलमा उनलाई कुनै जिम्मेवारी नदिइएको हल्ला चलिरहे पनि उनैले टिम छनोट, फर्मेसन र खेल शैली सबैमा ध्यान दिएका थिए ।

‘नाइजेरियासँगको खेल धेरै महत्वपूर्ण थियो । अब फ्रान्ससँगको भेट पनि हाम्रा लागि सहज हुने छैन । फ्रान्स विश्वकप दाबेदार टिम भएकाले उनीहरुसँगको खेल पनि हाम्रा लागि फाइनल बराबर हुनेछ’ उनले भने, ‘अगाडि जानका लागि हामीले अझै धेरै सुधार गर्नुपर्ने छ । नाइजेरियासँग देखिएका कमजोरीहरु सुधार्दै अघि बढ्ने छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment