Comments Add Comment

विश्वकप जिते कसले कति पाउँछन् ? बेल्जियमको भन्दा इंग्ल्याण्डको आधा कम

काठमाडौं । इंग्ल्याण्डका खेलाडीहरुले विश्वकप जितेमा पाँच मिलियन पाउण्ड बोनसको रुपमा प्राप्त गर्नेछन् । तर, उनीहरुले पाउने रकम बेल्जियमका खेलाडीको भन्दा झण्डै आधामात्रै हो ।

समूह ‘जी’मा रहेका दुई देश बिहीबार आमने सामने हुँदैछन । जसले समूह विजेता निर्धारण गर्छ ।

यदि इंग्ल्याण्डका खेलाडीहरुले मस्कोमा अर्को महिना ट्रफी नै उचाले भने आफ्नो प्रतिद्वन्द्वीहरुले भन्दा धेरै कम रकम पाउने छन् । ग्यारेथ साउथगेटको टिमले पाउने पाँच मिलियन पाउण्ड टिमका सबै सदस्यलाई भाग लगाउँदा एक जनाको भागमा दुईलाख सत्र हजार पाउण्ड पर्छ ।

बेल्जियमका स्टारहरुले विश्वकप जिते भने एकजनाले चारलाख पाउण्डको दरले बोनस प्राप्त गर्नेछन् । उनीहरुको एकमुष्ट बोनस ९.२ मिलियन पाउण्ड रहेको छ ।

इंग्ल्याडको टिमले अन्तिम १६ मा स्थान बनाएमा २३ जनालाई बाँड्ने गरि १ मिलियन पाउण्ड बोनस भने पक्का गरिसकेको छ । समूह चरणबाटै बाहिरिएको भए उनीहरुले कत्ति पनि पाउँदैन थिए ।

यस्तै प्रशिक्षक ग्यारेथ साउथगेटले भने टिमलाई विश्वकप जिताएमा १.५ मिलियन पाउण्ड बोनस प्राप्त गर्ने छन् ।

फिफाले भने विश्वकप विजेतालाई २८ मिलियन पाउण्ड, उपविजेतालाई २१ मिलियन पाउण्ड, तेस्रो हुनेलाई १८ मिलियन र चौथोले १६ मिलियन पाउण्ड पुरस्कार दिनेछ ।
यसैगरी ब्राजिलले भने विश्वकप जितेमा प्रतिखेलाडी सातलाख पचास हजार र जर्मनीले तीनलाख पचास हजार पाउण्ड दिने जनाएको छ ।

सन् १९६६ मा विश्वकप जित्दा इंग्ल्याण्डका खेलाडीले प्रतिखेलाडी एक हजार पाउण्ड बोनस प्राप्त गरेका थिए ।

इंग्ल्याण्डको फुटबल एसोसियसनका वरिष्ठ पदाधिकारीहरु टिमको विश्वकप जित्ने अभियानमा खेलाडी र स्टाफहरुलाई केही कुराको कमि नहोस भनेर उचित व्यवस्थापनको लागि आँफै खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment