Comments Add Comment

एसईई पछि कुन विषय लिएर पढ्दा करियर बन्छ ?

काठमाडौं । कक्षा दश अर्थात एसईईको परीक्षापछि उच्च माध्यामिक तहको शिक्षा सुरु हुन्छ । यो त्यही बिन्दु हो, जहाँबाट करियरको आधार तयार गर्न सकिन्छ । अर्थात उच्च माध्यामिक तह भनेको करियरको प्रवेश विन्दु पनि हो ।

उच्च माध्यामिक तहमा जुन विषयमा आधार बनाइन्छ, पछि त्यसैमा करियर बनाउँदा राम्रो हो । जस्तो व्यवस्थापनमा भविष्य बनाउनेले व्यवस्थापन संकाय लिएर पढ्न सक्छन् । विज्ञान, प्रविधिमा रुची भएकाले विज्ञान संकाय रोज्न सक्छन् । कला, संस्कृति आदि क्षेत्रमा भविष्य बनाउन मन लाग्नेले मानविकीमा आधार तय गर्न सक्छन् । यतिबेला जुन विषय छनौट गरिन्छ, त्यसले सूदुर भविष्यमा समेत प्रभाव पार्छ । त्यसैले उच्च माध्यामिक तहमा पुगेपछि विषय छनौटमा निकै सोचविचार गर्नुपर्छ ।

अब कसरी छनौट गर्ने त विषय ? त्यसको आधार के हुनसक्छ ?

पहिलो कुरा त तपाईको रुची हो । रुचीलाई प्राथमिकतामा राख्नुहोस् । त्यसपछि तपाईंको शैक्षिक क्षमता । रुची र क्षमताको आधारमै आफुले पढ्ने विषय छनौट गर्ने हो ।

के गर्ने त ?

गत शुक्रबार एसईई परिक्षाको नतिजा सार्वजनिक भएपछि धेरै विद्यार्थीहरुलाई त्यसपछि के पढ्ने भनेर समस्या भएको हुन सक्छ ।

एसईई उतिर्ण विद्यार्थीहरुलाई लक्षित गरि खोलिएका धेरै कलेजहरुले विभिन्न किसिमका कोर्सहरु पढाउने गर्छन् आकर्षक प्रचारहरु गर्ने गर्छन् । विभिन्न किसिमका कोर्स र आकर्षक विज्ञापनको कारण विद्यार्थीहरुलाई के पढ्ने, कहाँ पढ्ने भनेर दोधार हुन्छ ।

एसईई मात्रै होइन प्लस टुको परिक्षा सकेर बसेका विद्यार्थीहरुलाई पनि त्यसपछि के पढ्ने, कुन विषय छान्ने, कुन क्षेत्रमा आफ्नो करियर बनाउने भन्ने चिन्ता भएको हुन्छ ।

धेरै बच्चाहरुले विद्यालयमा पढ्दै गर्दा कसरी परिक्षामा राम्रो नतिजा ल्याउने भन्ने बारेमा मात्रै सोचेका हुन्छन् । एसईई वा प्लसटुपछि के पढ्ने कुन विषय पढ्दा पछि गएर कस्तो करियर बनाउन सकिन्छ भन्ने बारेमा धेरैलाई दोधार हुन्छ ।

एसईई सकेका बच्चाहरु धेरैजसो १५/१६ वर्षका हुन्छन् र उनीहरुलाई धेरै व्यवहारिक कुराको ज्ञान हुँदैन । उनीहरु आफ्ना विषयहरु कसरी छान्ने र आफ्नो करियर कसरी अगाडि बढाउने भन्ने बारेमा त्यति धेरै समझदार हुँदैनन् ।

करियर जस्तो महत्वपूर्ण कुरामा सहि निर्णय गर्न सक्ने क्षमता उनीहरुमा हुँदैन त्यसैले आमाबुबाले मार्गनिर्देशन गर्नुपर्छ । यस्तै कहिलेकाँही बच्चाहरु आफ्नो साथीहरुलाई देखेर पनि दोधारमा पर्ने गर्छन् । उनीहरुलाई आफ्नो साथीले जे पढ्यो वा जे गर्यो आफूलाई पनि त्यहि गर्न मन लाग्छ ।

हाम्रो समाजमा आफन्त, छिमेकीहरुले पनि छोराछोरीलाई यस्तो पढाउ र उस्तो पढाउ भनेर सल्लाह दिने गर्छन् । यस्तोमा आमाबुबाले आफ्नो बच्चालाई राम्रोसँग मार्गनिर्देशन गर्न सकेनन् भने उनीहरुले गलत निर्णय लिन पनि सक्छन् ।

किशोरावस्थामा भर्खर प्रवेश गर्दे गरेका उनीहरुको मन यो उमेरमा धेरै चञ्चल हुन्छ । उनीहरुको रुची र प्राथमिकताहरु प्राय बदलिरहन्छ । अरुको लहैलहैमा लागेर वा अरुको दवावमा कुनै कोर्समा भर्ना भएको केहि महिनापछि नै उनीहरुलाई त्यो पढन मन लाग्दैन र कलेज जान मन लाग्दैन ।

केहि बच्चाहरुमा आफ्नो रुचीलाई लिएर स्पष्ट दृष्टिकोण हुँदैन अर्थात उनीहरुलाई एकैपटक धेरै करियर अप्सनहरुले आकषिर्त गर्छ । यसले उनीहरुको मनमा दुविधा हुन्छ । यस्तो सयममा आमाबुबालाई उनीहरुको भविष्यको बारेमा धेरै नै चिन्ता हुन्छ ।

यस्तै केहि बच्चाहरु बहुमुखी प्रतिभाको धनी हुन्छन् । जस्तै कुनै बच्चाले परिक्षामा पनि राम्रो अंक ल्याउँछ र फुटबल खेलमा पनि धेरै राम्रो छ । यस्तो अवस्थामा उसलाई करियर छान्ने विषयलाई लिएर दुविधा हुन सक्छ ।

बच्चालाई उनीहरुको जिन्दगीको कठिन फैसला लिन कसरी मद्धत गर्ने त ?

आफ्नो बच्चाको क्षमता र रुची के छ थाहा पाउनुहोस्

आमाबुबाले आफ्नो छोराछोरीको करियर र पढाईको विभिन्न विकल्प प्रति बुझ्न पर्छ । आफ्नो बच्चालाई कुन विषय पढाउँदा ठिक हुन्छ, उनीहरुको रुची के मा छ, के विषय पढ्दा आफ्नो बच्चाले राम्रो गर्न सक्छ भन्ने बारेमा आमाबुबाले सोच्नुपर्छ ।

आफ्नो छोराछोरीको रिजल्ट र उनीहरुको सुरुवाती रुची विचार गर्दै उनीहरुलाई सहि दिशामा अगाडि बढाउन प्रेरित गर्नुहोस् । बच्चाहरुलाई भविष्यमा उनीहरु के बन्न चाहन्छन भनेर सोध्नुहोस् । र यसै आधारमा उनीहरुलाई करियर रोज्न प्रेरित गर्नुहोस् ।

यदि तपाईको बच्चाहरुलाई दुई वा दुईभन्दा बढी विषयमा रुची छ भने कुनै एकलाई मुख्य करियरको रुपमा छानेर अर्कोलाई सौख वा थप सीपको रुपमा सीक्न वा पढ्न सक्छन् । बच्चाहरुको मनमा अझै पनि दोधार भएमा कुनै करियर काउन्सिलरसँग आफ्नो बच्चालाई भेट गराएर परामर्श लिनुहोस्

बच्चालाई दबाब नदिनुहोस्

धेरै बच्चाहरुको रुची आमाबुबाको रुचीसँग मेल खाँदैन । यस्तोमा धेरैजसो बच्चा केहि अरुनै छान्न खोज्छ तर आमाबुबा उनीहरुमा अरुनै केहि छान्न दवाव दिन्छन् । बाबुआमालाई आफ्नो छोराछोरीलाई डाक्टर वा इन्जिनियर बनाउने रुची हुन सक्छ तर, बच्चाहरुको भने फिल्म मेकिङमा रुची हुन सक्छ ।

यस्तो स्थितीमा धेरैजसो बच्चाले आमाबुबालाई बुझाउन सक्दैनन र आफ्नो फैसलामा खरो उत्रिन सक्दैनन । आमाबुबाले जे पढ भन्यो त्यहि पढ्छन र पछि उनीहरुलाई असफलता हात पर्छ ।

हरेक बच्चामा एक विशेष प्रतिभा लुकेको हुन्छ जसले उनीहरुलाई बाल्यकाल देखि नै त्यो क्षेत्रमा प्रेरित गर्छ । यदि तपाईले आफ्नो बच्चालाई बाल्यकाल देखिकै रुचीमा ध्यान दिएर उसलाई अझै त्यसमा राम्रो गर्ने वातावरण मिलाइदिनुपर्छ ।

आफ्नो बच्चाको रुचीलाई ध्यान दिएमा तपाईले उनीहरुलाई उपयुक्त करियरको अप्सन छान्न सघाउन सक्नुहुन्छ । यसैलै कहिल्यै पनि बच्चालाई धेरै दवाव नदिनुहोस् ।

बच्चाले जिद्दि गरेमा

बच्चाहरुले आफ्नो साथीभाइको लहैलहैमा यो पढ्छु, यस्तो गर्छु भन्न सक्छन् तपाईले पनि त्यसबारेमा नबुझिकन हुन्छ भनिदिनु भयो भने त्यसले पछि गाह्रो पर्न सक्छ । बच्चाले यदि गलत निर्णय गरेमा उनीहरुलाई प्रेमपूर्वक सम्झाउन सकिन्छ । तर, यदि त्यो भन्दा पहिले तपाईले उनीहरुले अपनाउन चाहेको करियरसँग जोडिएका सबै सम्भावनाको बारेमा थाहा पाउनुपर्छ ।

यस्तै कैयौं पटक बच्चाको सोच तपाईलाई गलत लाग्न सक्छ तर, बच्चा आफ्नो स्थानबाट सहि हुन सक्छन् । फेरि पनि यदि तपाईलाई बच्चाले गलत निर्णय गर्दैछन् जस्तो लाग्छ भने उनीहरुलाई कुनै करियर काउन्सिलरसँग भेटाउनुहोस् ।

यदि करियर काउन्सिलरले पनि बच्चाको निर्णयलाई गलत बताएमा बच्चालाई फेरिसम्झाएर अर्कै करियर तर्फ आकषिर्त गराउन सकिन्छ । बच्चाहरुलाई सम्झाउँदा गाली गलौज नगरी प्रेमपूर्वक सम्झाउन पर्छ र त्यसबारेमा प्रष्ट भनिदिनुपर्छ । यसो गर्दा बच्चाहरुले तपाईको कुरा राम्रोसँग बुझ्छन् भनेको मान्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment