+
+

सातदोवाटोमा रङको गोदाम र मुर्ति कारखानामा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १४ गते १३:५६
फाइल तस्वीर

१४ असार, काठमाडौं । ललितपुर सातदोवाटोमा रहेको एक रङ पसलको गोदाममा आगलागी भएको छ ।

दिउँसो साढे ११ बजेतिर सातदोवाटोस्थित दिनेश पण्डितको जग्गामा रहेको टहरामा रहेको रमेश व्यञ्जनकारको रङको गोदाममा आगलागी भएको हो ।

टहराभित्र रहेको नसीब अन्सारीको मुर्ति कारखाना पनि जलेको महानगरीय प्रहरी वृत्त सातदोवाटोका प्रहरी निरीक्षक किरणप्रकाश मल्लले जानकारी दिए ।

आगलागीबाट टहरा, रङ गोदाम र मुर्ति पसलका गरी २५ लाख रुपैयाँ क्षति भएको प्रहरीको अनुमान छ । प्रहरी र ललितपुर महानगरपालिकाको दमकलको सहायताले आगो निभाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?