Comments Add Comment

रेनशाले खुलाउन नचाहेको प्रेम जब खुल्यो…


कोरियोग्राफरबाट निर्देशक बनेकी रेनशा वान्तवा राई लामो समयदेखि प्रेममा छिन् । आइकोर फिल्मस्का मालिक प्रभु शमशेर जबराका छोरा प्रज्ज्वल शमशेर जबरासँग उनी लामो समयदेखि प्रेममा छिन् ।

तर, रेनशा र प्रज्ज्वलले सार्वजनिक रुपमा प्रेम स्विकार भने गरेका थिएनन् । प्रज्ज्वलकै लगानीमा रेनशाले चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को निर्देशन गरेकी छिन् । तर, बिहिबार भने रेनशाले प्रेमको बिषयमा बोल्नै पर्‍यो ।

चलचित्रमा नायक धिरज मगर र जिन्दगीमा निर्माता प्रज्ज्वल शमशेर जवरालाई रोज्ने तपाइको २ निर्णयमध्ये कुन निर्णय सही लाग्यो ? भन्ने प्रश्नमा रेनशा हाँसिन् । उनले, आज त खुलेरै प्रेमको बारेमा भनिदिनुभयो भन्दै जवाफ दिइन् । उनले भनिन्-‘हरेक मान्छेको जिन्दगीमा एउटा हिरो चाहिन्छ । प्रज्ज्वलजी मेरो रियल लाइफ हिरो हुनुहुन्छ । धिरज, रिल लाइफको हिरो हो ।’

रेनशाले नचाहेरै भएपनि प्रज्ज्वलसँगको प्रेम स्विकार गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment