शनिबार, ५ साउन, २०७५
OnlineKhabar.com
Suzuki

असारे हिलो ! ‘सेलिब्रेसन’ कि किसानको दुःख ? [फोटो फिचर]

पार्टीका नेता र शहरका बासिन्दालाई लाग्यो असार १५

Suzuki
अनलाइनखबर

१५ असार, काठमाडौं । विगतमा असार १५ किसानहरुका लागि एउटा त्रासदी बनेर आउँथ्यो, अचेल वर्षमा एकैदिन हिलोमा नपस्ने नेताहरु र शहरिया युवाजमातका लागि ‘सेलिब्रेसन’ बनेर आउन थालेको छ ।

उहिलेको असार १५ लोकभाका र जनसंस्कृति बोकेर आउँथ्यो । अचेलको असार १५ फेसबुके प्रचारको विकृति बनेर आउन थालेको छ ।

सरकारले असार १५ लाई धान दिवसका रुपमा घोषणा गरेसँगै वर्षमा एक दिन नेताहरु हिलोमा पस्न थालेका छन् । आज असार १५ का दिन कांग्रेस सभापति शेरबहादुर देउवा, नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई, रक्षामन्त्री ईश्वर पोखरेल, कृषि मन्त्री चक्रपाणि खनालदेखि लिएर प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसमेत हिलो खेतमा रोपाइँ गर्न पसेका छन् ।

गत वैशाखमा नेताहरुले विद्यार्थी भर्ना अभियान भन्दै बालबच्चा बोकेको तस्वीरले सामाजिक सञ्जाल भरिएको थियो । आज सुकिला मुकिलाहरुले हिलो खेलेका दृश्यहरु छरपस्ट भएका छन् ।

असार १५ लाई नेपालमा धान दिवसका रुपमा मनाइन्छ । देशका धेरै ठाउँमा हिलोमा धान रोपेर यो दिनलाई हर्षोल्लासपूर्वक मनाइएको छ । रोपाईं महोत्सवमा देशका पूर्वप्रधानमन्त्री, मन्त्री र विशिष्ट अधिकारीहरु पनि सहभागी भएका छन् । सर्वसाधारणले पनि धान दिवसको अवसरमा हिलो खेलेर र रोपाइँ गरेका छन् ।

काठमाडौंंको बुढानिलकण्ठ, ललितपुरको खुमलटार र भक्तपुरको खरिपाटीमा शुक्रबार धान दिवसको अवसरमा आयोजित कार्यक्रममा विशिष्ट व्यक्तिहरु नै सहभागी भए । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भक्तपुरको खरिपाटीमा आयोजित रोपाईं कार्यक्रममा सहभागी भए । रक्षामन्त्री ईश्वर पोखरेल बुढानिलकण्ठमा धान दिवस मनाए ।

देउवा सहभागी भएको उक्त रोपाईंमा हिलो खेलेर युवायुवतीहरुले रमाइलो गरे । सेता टिसर्ट लगाएर शहरबाट खेतमा युवायुवतीले हिलो छ्यापेर र हिलोमा लडीबुडी गरे ।

अरुबेला शहरमा बसेर नेताका अघिपछि दौडने कांग्रेस र कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरु उपत्यकाका छेउछाउमा गई हिलो खेल्ने र रमाउने गरेका दृश्यहरु वर्षैपिच्छे सामाजिक सञ्जालमा छताछुल्ल हुने गरेका छन् ।

कृषि पेशालाई हेय दृष्टिले हेर्ने सामन्ती संस्कार हट्न नसकिरहेका बेलामा यसरी ठूला नेता र सुकिला-मुकिला मानिसहरु हिलोमा पस्नु र रोपाइँमा सहभागी हुनु आफैंमा एउटा सकारात्मक सन्देश हो । एकै दिनका लागि भए पनि नेताहरु खेतमा जानु राम्रै कुरो हो । तर, वर्षमा एकदिन खेतमा गएर हिलो खेल्ने मात्रै होइन कि नेपालको कृषि व्यवसाय एवं धानको उत्पादनलाई सरकारले कत्तिको प्रश्रय दिएको छ भन्नेतर्फ सबैको ध्यान जान जरुरी छ ।

विगतमा भारततर्फ चामल निर्यात गर्ने नेपाल अहिले भारतबाटै चामल किनेर खानुपर्ने अवस्थामा पुगेको छ । यस्तो किन भयो ? असार १५ मा हिलोमा पसेका नेता र मन्त्रीहरुले यसबारेमा गम्भीरतापूर्वक सोच्ने बेला आएको छ ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखामा दुब्ला गोरुहरु जोतेको दृश्य निकै रोचक छ । यो दृश्यले गाउँमा कृषि प्रविधिको अवस्था कस्तो छ भन्ने देखाउँछ । कृषि व्यवसायमा नयाँ नभएर पुरानै शक्तिमा भर पर्नु परेको दृष्टान्त हो । अत्याधुनिक मेसिनले खेत जोतिरहेको दृश्य देख्न अझै कति कुर्नुपर्ने हो ? यो अहम प्रश्न हो नेपालको कृषि प्रणालीमा । तराईमा धान खेतीका आधुनिक प्रविधिहरु भित्रन थाले पनि पहाडमा अझैसम्म गोरुकै भर पर्नु परिरहेको छ ।

तर, असार १५ को धान दिवस सुकिला मुकिलाहरुको सेल्फीमोह एवं सेलिब्रेसन मात्रै हो या नेपाली समाजको परम्परागत संस्कृति हो ? यसतर्फ विचार गर्न जरुरी छ, ताकि सुकिला मुकिलाको सेलिब्रेसनले दूरदराजमा किसानहरुको ‘असार १५’ छायाँमा नपरोस् ।

किनभने, गाउँघरमा असार १५ को दुःख कहालिलाग्दो छ । सिँचाइको समस्या छ । पहिरो र बाढीले असर पारेको छ । बाटोघाटोको समस्या छ । गोरु र कामदारहरुको अभाव छ । मल सस्तो र सुलभ छैन । कृषिमा आधुनिक प्रविधि छैन । वैदेशिक रोजगारीका कारण गाउँहरु खाली छन् । खेतबारी बाँझै छन् ।

र, प्रश्न यो छ कि यस्तो बेलामा शहरतिर खिचिएका असार १५ का तस्वीरले गाउँको प्रतिनिधित्व कसरी गर्ला ?

हेर्नुहोस् असार १५ का केही दृश्यहरु

तस्वीरहरु : विकास श्रेष्ठ/चन्द्र आले

२०७५ असार १५ गते १६:५२ मा प्रकाशित (२०७५ असार १६ गते ७:४७मा अद्यावधिक गरिएको)
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१२ प्रतिकृयाहरू प्राप्त
  • Sunil B.C लेख्नुहुन्छ    |   २०७५ असार १५ गते १७:१०

    Hoina Yo Neta haru lai Kati ramilo xa hai….Yak din (15Ashar) Khet ma gai Photo Section garya vai gayo…Dukhe Kesan lai 12 maina Dukha garako kasala dekhne..??? Netha vai Krishi ma kasari Adunik Prabadi Vitrune waa shheei briddi garne mattlab xan..Bichhra haru lai photo post garna hatar ….

    7
    0
    Share

  • Nepali लेख्नुहुन्छ    |   २०७५ असार १५ गते १७:१५

    अरूत त्यस्तै हेाकि येा काँग्रेसकेा झन्डा खेतकेा अालीमा गाडेकेा देखेर पिसाव अाउन्जेल हाँसेा लाग्येा । हँसाउनुकेा पनि सिमा हुन्छ नि यार ।

    28
    4
    Share

  • Nepali लेख्नुहुन्छ    |   २०७५ असार १५ गते १७:२३

    Leader are celebrating everywhere, but cant see any technology progress in farming. What a shame to those leader who fail to see any technological progress over there in agriculture field.

    8
    0
    Share

  • prashant लेख्नुहुन्छ    |   २०७५ असार १५ गते १७:५१

    foto khichauna palkeka dhogi haru, sachhai man le gareko vaye australia ra newzealand ko aukaat ma pugi sakinthyo, dhogi harule ghar ka na ghat ka banai sake.yastako gharma ta pohor ko badhi xire huneni. na rahega baas na bajegi basuri.

    2
    0
    Share

  • Valley लेख्नुहुन्छ    |   २०७५ असार १५ गते १८:२१

    भविष्यको लागि बिउ रोपिने दिन उल्लाष मनाउँदा के नराम्रो भो र? अब रमाइलो गरको फोटो राख्छन् त फेसबुकमा, जे कुरालाई नि विकृति भन्नु भएन।

    3
    11
    Share

  • Khechar Nath Acharya लेख्नुहुन्छ    |   २०७५ असार १५ गते १८:२९

    असारकाे पन्ध्र धान िदवस हाे । िकसानले मानु खाएर मुरी फलाउने बेला हाे तर अाज भाेली नेताहरू पनि खेतका गरामा गएर धान िदवस मनाउने गर्दछन याे अाफैमा नराम्राे कुरा हाेइन तर िकन धान िदवसमा मात्र धानकाे िवउ समाएर िहलाे खेले जस्ताे गरेर िमिडयामा तस्वीर देखाउने गदर्छन । एक िदन खेतमा गएर धानकाे िवउ समातेर तस्वीर िमिडयामा पठाउदैमा िकसानका समस्या सम्बाेधन हुदैन, यदि तपाइहरू िकसानलाइ सहयाेग गरी धान उत्पादन बढाउन चाहानुहुन्छ भने धान राेप्नका लागि खेतमा िसंचाइ हुनु पर्याे, बेलामा बल र विउ हुनु पर्याे, धानमा लाग्ने राेगकिराकाे राेकथाम हुनुपर्याे । एक िदन रमाइलाे गरेर िकसानका समस्या समाधान हुदैन नेता ज्यू ।

    6
    0
    Share

  • अच्युत पौडेल लेख्नुहुन्छ    |   २०७५ असार १५ गते २३:०२

    गाउँघरमा असार १५ को दुःख कहालिलाग्दो छ । सिँचाइको समस्या छ । पहिरो र बाढीले असर पारेको छ । बाटोघाटोको समस्या छ । गोरु र कामदारहरुको अभाव छ । मल सस्तो र सुलभ छैन । कृषिमा आधुनिक प्रविधि छैन । वैदेशिक रोजगारीका कारण गाउँहरु खाली छन् । खेतबारी बाँझै छन् ।

    मनछुने हरफहरु

    10
    0
    Share

  • Mahesh Gajurel लेख्नुहुन्छ    |   २०७५ असार १७ गते ११:२१

    यी तस्विर हरे देख्दा मलाइ चै के लाग्दैछ भने धान दिवस र कृषिमा क्रान्ति भन्ने कुरा बेफ्वाक का हुन्! अझै पनि हलो जोतेर नै कृषिमा क्रान्ति हुन्छ र? उन्नत जातको बिउ बिजन उन्नत जातको प्रबिर्ती भित्राउनु कुरा कहाँ गयो? कृषिमा नि फोहोरी राजनीतिकरण मिसाएर दुषित बनाउने प्रयत्न नगर देशका हुडार हो!

    3
    0
    Share

  • BINAY KHANAL लेख्नुहुन्छ    |   २०७५ असार १८ गते ११:०८

    WAIYAT NATAK

    3
    0
    Share

  • yubaraj timalsina लेख्नुहुन्छ    |   २०७५ असार १८ गते १९:२१

    पुरानो गोरुले जोतेर र खनेर खेती लगाउने कृषि प्रणालीलाई विस्तापित गरेर जबसम्म आधुनिक कृषि प्रविधिहरु भित्र्याइँदैन तबसम्म नेताहरुले मर्नलागेको गोरु जोतेर र रोपाइँ दिवसमा हिलोमा पसेर धान रोपेको नाटक गर्नु नाङ्गो नाच हो ।

    1
    0
    Share

  • Madhav लेख्नुहुन्छ    |   २०७५ असार १८ गते २१:५९

    Bastabik Kisaan Mathiko Byangya?!!!!!!!!

    1
    0
    Share

  • DB syngbo लेख्नुहुन्छ    |   २०७५ असार २० गते १४:२२

    हिजोआज असार १५ धान दिवस पर्व मनाउने सेलिब्रेटीहरुको विशेष दिन बन्न थालेको छ । यसमै छ मज्जा लिइरहेका छन् युवाहरु तर धान उत्पादन गर्ने खेती गर्न त गाह्रो छ भन्ने कुरा पत्तो नहुन सक्छ । वास्तविक किसानको असार १५ होर्इन खेतमा रोपार्इ सकिएको दिन खुसियाली मनाउछन् त्यसलार्इ भन्छन् मैजारो । सेलीव्रेटीले सेल्फी खिचेर सामाजिक सञ्जालमा भाइरल बनाउन मनाइने धान दिवस र महिनौ लगाएर
    भोकै, तिर्खै, घाम, पानीसंग पैठेजोरी खेल्दै झरीले झै पसिनाले शरिर भिजाएर खेतभरी धानको विउ रोपेर सकिने दिन हो धान दिवस फोटो खिचेर सामाजिक सञ्जालमा भार्इरल बनाउनको लागि मात्रै होर्इन ।।।

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this