Comments Add Comment

फ्रान्सविरुद्धको खेलअघि पेनाल्टी अभ्यास गर्दै अर्जेन्टिनी गोलकिपर

काठमाडौं । विश्वकपमा अर्जेन्टिनाले अन्तिम १६ को खेलमा शनिबार राति पौने ८ बजे फ्रान्सविरुद्ध खेल्दैछ ।

समूह चरणमा केही कमजोर देखिएको अर्जेन्टिना अघिल्लो चरणमा आइपर्ने जस्तोसुकै परिस्थितिको सामना गर्ने तयारीमा छ ।

शुक्रबार अर्जेन्टिनी टिमका गोलकिपरले पेनाल्टी अभ्यास गरिरहेका थिए । फ्रान्सन्को अरमानी, विली क्याबलेरो र नाहुल गुजम्यान पेनाल्टी बचाउ गरिरहेका थिए ।

समूह ‘डी’ को अन्तिम खेलमा नाइजेरियालाई २-१ ले हराएको अर्जेन्टिना समूह ‘सी’ को विजेता फ्रान्सन्ससँग अन्तिम १६ मै भेटिएको हो ।
प्रशिक्षणकै बेला जन्मदिन परेका इभर बानेगालाई टिमका खेलाडी साथीहरुले शुभकामना दिएका थिए । साथै सामान्य चोटबाट फर्किएर एन्जो पेरेज पनि अभ्यासमा सामेल भएका छन् ।

प्रशिक्षक जर्ज साम्पाओली नाइजेरियाविरुद्ध खेलाइएको सुरुवाती ११ खेलाडीलाई नै फ्रान्सविरुद्ध खेलाउने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment