Comments Add Comment

‘रोनाल्डो पोर्चुगलको ५० प्रतिशत हुन्’

काठमाडौं । क्रिष्टियानो रोनाल्डोलाई नियन्त्रणमा राख्न सक्यो भने उरुग्वेले ५० प्रतिशत पोर्चुगललाई रोक्ने पूर्वस्ट्राइकर डिएगो फोर्लानले बताएका छन् ।

विश्वकपको नकआउट चरणमा शनिबार मध्यराति उरुग्वे र पोर्चुगल भिड्दैछन् । रोनाल्डोले यो विश्वकपमा हृयाटि्रकसहित चार गोल गरेका छन् ।

स्पेनविरुद्ध हृयाटि्रक गरेका उनले मोरक्कोविरुद्ध पनि गोल गरे । तर, इरानविरुद्ध सकेनन् । उरुग्वेले भने समूह चरणमा एक गोल पनि खाएको छैन ।

‘रोनाल्डो लिडर हुन् । जसले उनले गोल गर्छन्, त्यो महत्वपूर्ण छ’ फोर्लानले बीबीसीसँग भनेका छन् ।

उनका अनुसार उरुग्वेको डिफेन्स एकदमै बलियो छ । ‘रोनाल्डो उत्कृष्ट खेलाडी हुन् । तर, मलाई हाम्रो डिफेन्समाथि विश्वास छ’ फोर्लानले भनेका छन्, ‘डिफेन्समा चिन्ता छैन तर, सचेत भने हुनुपर्छ । हरेकलाई सम्मान गर्नुपर्छ ।’

फोर्लानले २००३ देखि ००५ सम्म म्यानचेष्टर युनाइटेडमा रोनाल्डोसँगै खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment