Comments Add Comment

लुका मोडरिक अर्कै ग्रहबाट आएका हुन्ः र्‍याकिटिक


काठमाडौं । लुका मोडरिक ‘अर्कै ग्रह’बाट आएको र उनी क्रोएसियाको इतिहासकै उत्कृष्ट खेलाडी भएको उनका टिममेट इभान र्‍याकिटिकले बताएका छन् ।

३२ वर्षीय मिडफिल्डर मोडरिकले रुस विश्वकपमा दुई गोल गरेका छन्, जसमध्ये अर्जेन्टिनाविरुद्ध गरेको गोल लोभलाग्दो थियो । समूह चरणको तीन वटै खेल जितेको क्रोएसियाले अब प्री–क्वार्टरफाइनलमा डेनमार्कसँग खेज्नेछ ।

३० वर्षीय र्‍याकिटिकले बार्सिलोनामा स्पेनिस मिडफिल्डर आन्द्रे इनिष्टासँग खेलेका छन् । उनी भन्छन्, ‘उनीहरु दुबै आ–आफ्नो स्थानमा उत्कृष्ट खेलाडी हुन् ।’

मोडरिक २०१२ मा टोटनह्यामबाट रियल मड्रिड गएका थिए र लगातार तीन पटक च्याम्पियन्स लिग जितेका छन् । ला लिगा र कोपा डेलरे पनि जितेका छन् ।

इनिस्टा पनि अहिलेसम्मकै उत्कृष्ट मध्येका एक मिडफिल्डर हुन्, जसले हालै मात्र बार्सिलोना छाडेका छन् । १२ वर्षको उमेरमा नै बार्सिलोनामा आवद्ध भएका उनले सिनियर टिमबाट ६७४ खेल खेले र ३२ उपाधि उचालेका छन् ।

र्‍याकिटिक भन्छन्, ‘यस्तो लाग्छ कि उनीहरु दुबै अर्कै ग्रहका हुन् र हामीसँग फुटबल खेल्न मनुश्यका रुपमा आएका छन् ।’

‘बार्सिलोनामा पछिल्लो चार वर्ष इनिष्टासँग र क्रोएसियामा ११ वर्षदेखि मोडरिकसँग खेल्न पाउनु मेरो लागि गर्वको कुरा हो ।’

‘यदि मैले फुटबल टिम बनाउने हो भने दुबैलाई राख्थेँ । इनिष्टा मेरो अतिमिल्ने साथी हो भने लुका दाइ हुन् ।’

लुका मोडरिकमात्र उत्कृष्ट खेलाडी होइनन् भन्नेमा आफू सहमत भएको तर, उनी महान व्यक्ति भएको र उनलाई आफूहरुलाई पछ्याइरहेको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment