Comments Add Comment

चितवन बस दुर्घटनाः एकको मृत्यु, १८ घाइतेको उपचार हुँदै

१७ असार, चितवन । जिल्लाको खैरहनी नगरपालिका–१ मा आज बिहान भएको बस दुर्घटनामा १ जनाको ज्यान गएको छ । १८ जना घाइते छन् ।

भैरहवाबाट भरतपुर हुँदै वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ५११८ नम्बरको बस बिहान ६ः४५ बजे सडक छेउमा पल्टिएर दुर्घटना भएको हो ।

दुर्घटनामा चितवनको राप्ती नगरपालिका–५ बस्ने वर्ष १४ का सुनिल मिजारको मृत्यु भएको प्रहरीले जनाएको छ । मिजारको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

घाइतेमध्ये १४ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । जसमध्ये एकको अवस्था गम्भीर छ । अन्य चार जनाको एलाईभ अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment