+
+

प्रदेश ५ का बन्द उद्योग सञ्चालन गर्ने मन्त्रीको प्रतिवद्धता

बुटवलमा रोजगार मेला शुरु

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १७ गते १३:३८

१७ असार, बुटवल । रोजगारदाता र कामको खोजीमा रहेकाहरुबीचको सम्पर्क स्थापित गर्ने उद्देश्यले बुटवलमा रोजगार मेला शुरु भएको छ । मेलाको प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले उद्घाटन गरे ।

मेलामा यस क्षेत्रका उद्योगी व्यवसायीलाई जनशक्ति छनोट र रोजगारी खोजिरहेका युवायुवतीले फारम भरी रोजगारी खोज्न सक्नेछन् । मेलाको उद्घाटन गर्दै मन्त्री गिरीले परम्परागत शैलीको उद्योग, व्यापार र सीपले अहिलेको बजारलाई थेग्न नसक्ने भएकाले उद्योगलाई प्रविधि र जनशक्तिलाई सीपयुक्त बनाई वैदेशिक रोजगारमा जाने युवालाई स्वदेशमा नै काम पाउने वातावरण बनाउनु पर्नेमा जोड दिए ।

उनले प्रदेश ५ मा रहेका राजापुरको चामल उद्योग, बुटवलको धागो कारखाना र नवलपरासीको चिनी उद्योगलाई राम्रोसंग चलाएर सरकार आफैले पनि रोजगारीका अवसरको निरन्तरता र नयाँ उद्योगको खोजी गर्नु पर्ने बताए ।

‘बन्द रहेका उद्योगहरु सञ्चालनमा ल्याई रोजगारीका अवसर सिर्जना गर्नेतर्फ प्रदेश सरकारको ध्यान गएको छ’ मन्त्री गिरीले भने ‘हजारौंलाई रोजगारी दिन सक्ने बुटवल धागो कारखाना लगायतका बन्द उद्योगलाई संचालन गर्न प्रदेश सरकारले नीजि क्षेत्रसंग सहकार्य गर्नेछ,तपाईहरुले साथ दिनुस् ।’

मन्त्री गिरीले यस क्षेत्रमा पर्यटनमा लगानी बढाउन उद्योगी व्यवसायीलाई र त्यसका क्षेत्रमा आवश्यक सीप लिएर दक्ष बन्न श्रमिक मजदुरहरुलाई आग्रह गरे । उद्योग वाणिज्य महासंघ प्रदेश ५ का अध्यक्ष गुणनिधि तिवारीले साना तिना सीपमुलक तालिम मात्र नभएर उद्योगका लागि चाहिने जनशक्ति तयार गर्न प्राविधिक विश्व बिद्यालय खोल्न ढिलाई गर्न नहुने बताए ।

महासंघका केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद श्रेष्ठले प्रदेश ५ मा पर्यटन, उद्योग र कृषि क्षेत्रमा धेरै सम्भावना भएकाले समृद्ध प्रदेश बनाउन आवश्यक नीति नियम बनाई लगानीको वातावरण बनाउन प्रदेश सरकारलाई आग्रह गरे ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले उद्योगी र श्रमिकबीचको सम्वन्ध जति सुदृढ हुन सक्यो त्यत्ति नै उद्योगी र मजदुरले लाभ लिन सक्ने औंल्याउंदै परम्परागत शैलीमा दुबैले परिवर्तन गर्नुपर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ५ र रोजगार सूचना केन्ऽ श्रम कार्यालय बुटवलको आयोजना तथा बुटवल उद्योग वाणिज्य संघको सहकार्यमा बुटवल उद्योग वाणिज्य संघको सचिवालयमा संचालित मेला दुई दिनसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?