Comments Add Comment

काठमाण्डौबारे जुही चावलाको नकारात्मक टि्वट विवादमा


बलिउडकी पुरानी अभिनेत्री जुही चावला केही दिनदेखि काठमाडौंमा छिन् । काठमाडौंका विभिन्न मठ-मन्दिरहरु डुल्दै हिँड्की उनले आफू पुगेका स्थानको तस्वीर र जानकारी सामाजिक सञ्जायमा सेयर गर्ने गरेकी छन् ।

जुहीले र्फकने बेलामा भने काठमाडौको खराब चित्रण गरिदिइन् । उनले टि्वटरमा एउटा तस्वीर राख्दै काठमाडौंलाई अस्तव्यस्त नगरको रुपमा चित्रण गरेकी हुन् । चार जना महिलाहरुसँग रुमालले मुख छोपेर सडकमा उभिएको फोटो उनले पोष्ट गरेकी छन् । पशुपतिबाट निस्केर आफ्नो कार पर्खिने क्रममा सो तस्वीरु खिचिएको थियो ।

त्यसको क्याप्सनमा लेखेकी छन्, ‘काठमाडौमा हाम्रो कारको प्रतिक्षा गरिरहँदा… अत्यधिक धुलो अत्यधिक ट्राफिक, हावामा अत्यधिक डिजेल र पेट्रोलको धुँवा.. हामीले आफ्नो अनुहार छोप्नुपर्‍यो । यहाँ हरेक दिन स्थानीयवासीहरु अनुहारमा सर्जिकल मास्क लगाएर हिँड्ने गर्छन् ।’
जुहीको यस्तो टिप्पणीलाई नेपालीहरुले रुचाएनन् ।

उनीहरुले काठमाडौंको भन्दा आफ्नै देशको राजधानी नयाँ दिल्लीको प्रदुषणबारे पहिले चिन्ता गर्न जुहीलाई सुझाएका छन् । स्मरणीय छ, अत्यधिक प्रदुषणले गर्दा बेलाबेला दिल्लीमा विद्यालयसमेत बन्द गर्नुपर्ने अवस्था आउने गरेको छ ।

एउटी प्रख्यात सेलिब्रिटीले नकारात्मक प्रचार गर्दा काठमाडौंको छवि बिग्रिने तथा पर्यटकहरु नेपाल आउन हतोत्साही बन्ने खतरा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment