Comments Add Comment

अर्जेन्टिनालाई हराउने क्रोएसियासँग कस्तो खेल्ला डेनमार्क ?

काठमाडौं । विश्वकपमा समूह ‘डी’ को विजेता क्रोएसिया र समूह ‘सी’ को उपविजेता डेनमार्कबीच अन्तिम १६ मा आइतबार राति पौने १२ बजे निज्नी नोभ्गोरोड रंगशालामा खेल हुँदै छ ।

क्रोएसियाले पहिलो खेलमा नाइजेरियालाई २-० तथा दोस्रो खेलमा अर्जेन्टिनालाई ३-० ले हराएको थियो । क्रोएसियाले तेस्रो खेलमा आइसल्याण्डलाई २-१ ले हराएको थियो ।

पहिलो खेलमा पेरुलाई १-० ले हराएको डेनमार्कले दोस्रो खेलमा अस्ट्रेलियासँग १-१ को बराबरी खेलेको थियो । डेनमार्कले तेस्रो खेलमा फ्रान्ससँग गोलरहित बराबरी गरेको थियो ।

प्रोमो हेर्नुहोस्

क्रोएसियाले आइसल्याण्डसँग खेल्दा टिममा नौ खेलाडी परिवर्तन गरेको थियो । यसैले डेनमार्कविरुद्ध खेल्न ती सबै खेलाडी फिट छन् । इभान र्‍याकिटिक, लुका मोडरिक, डेजान लोर्भन, मारियो म्यान्जुकिज सुरुवाती ११ मै छन् ।

डेनमार्कका युसुफ पोलसेन र विलियम भिस्टलाई सुरुवाती ११ मै खेलाइने सहायक प्रशिक्षक जोन डाल थोमसनले बताएका छन् ।

क्रोएसियाले समूह चरणमा खाएको एक मात्र गोल आइसल्याण्डले पेनाल्टीमा हानेको थियो । साथै डेनमार्कले पनि समूह चरणमा खाएको एक मात्र गोल अस्टे्रलियासँग पेनाल्टीमै खाएको थियो ।

यसअघि क्रोएसिया र डेनमार्कबीच भएका पाँच खेलमा दुई/दुई जित र एक बराबरी भएको थियो । पछिल्लो पटक सन् २००४ मा भएको खेलमा क्रोएसिया २-१ ले विजयी भएको थियो ।

यसअघि समूह चरणको तीनै खेल कहिल्यै नजितेको क्रोएसियाले समूह चरणका तीनै खेल जितेर यसपटक कीर्तिमान बनाएको हो । उत्कृष्ट मिडफिल्ड र आक्रामक फरवार्ड देखिएको क्रोएसियालाई रोक्न डेनमार्कका लागि सहज छैन । युरोपियन देशसँग विश्वकपमा खेलेका ६ खेलमा पाँच खेल क्रोएसियाले जितेको छ ।

दुई मिडफिल्डरको भनाइ

इभान र्‍याकिटिक – क्रोएसिया

क्रोएसियाको सन् १९९८ मो टिम एकदमै राम्रो थियो । उनीहरु पछि नै हामीमा पनि विश्वकपमा राम्रो गर्ने हौसला बढेको हो । उनीहरु सबै हाम्रा आइडल हुन् । तर, अब हामीले त्यो इतिहास बिर्साउने गरी यसपटक खेल्नुपर्छ । आउँदो पुस्ताका लागि हामीले नयाँ कथा बनाउनुपर्छ ।

थोमस डिलाने – डेनमार्क

मलाई थाहा छ, हामी धेरै टिमका लागि डरलाग्दो प्रतिस्पर्धी होइनौँ । हामी आˆनै प्रकारको फुटबल खेल्छौं । टिकीटाका खेलेर हामी ५-० ले हार्न चाहँदनौं । समूह चरणमा पनि हामीले राम्रै गरेका हौं । अब त्यसको निरन्तरता अझै रहने छ । क्रोएसियासँगको खेल सहज नभए पनि हामी राम्रो गर्ने छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment