+
+
Shares

राप्तीमा बाढी आएपछि सौराहाका रेष्टुरेन्टका सामान सारियो

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १८ गते १३:३६

१८, असोज, चितवन । चितवनको पर्यटकीय केन्द्र सौराहाको राप्ती किनार नजिकका रेष्टुरेन्टहरु सम्भावित बाढीको डरले सुरक्षित स्थानमा सार्न थालिएको छ । राप्ती नदीको तटिय क्षेत्रमा नदीको बहाव बढ्दै गएको छ ।

पर्यटकहरु रमाउने पव क्षेत्रमा पानीको सतह आइसकेको छ । हेटौंडा र पूर्वी चितवनका विभिन्न खोलाहरुमा पानीको सतह बढेका कारण बाढीको खतरा सौराहामा बढी हुने गरेको छ ।

क्षेत्रीय होटल संघ सौराहा नेपालमा अध्यक्ष सुमन घिमिरले नदी किनाराका रेष्टुरेन्टका समान सारिएको बताए । ‘पानीको सतह समान्य बढेको छ । हामी सचेत अवस्थामा छौं’ घिमिरेले अनलाइनखबरसँग भने । अहिलेसम्म सौराहामा त्यस्तो कुनै बाढिको खतरा नरहेको र सौराहा सुरक्षित नै रहेको अध्यक्ष घिमिरेले बताए ।

अघिल्लो बर्ष आएको बाढीका कारण खण्डहर भएको पव क्षेत्रमा व्यवसायीहरुले केही महिना अघि मात्रै पुरानै अवस्थामा फर्काएका थिए । गएको बर्ष साउनको अन्तिममा आएको बाढीले सौराहामा करोडौंको क्षति गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?