Comments Add Comment

फन्टी खोलाले बगाउँदा छात्राको मृत्यु, छात्र वेपत्ता

१८ असार, वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिका ४ फन्टी खोलामा डुबेर एक जना छात्राको मृत्यु भएको छ भने एक छात्र वेपत्ता छन् ।

पर्सागढी नगरपालिका ८ घर रमौलीकी १५ बषर्ीया प्रतिमाकुमारी रामको मृत्यु भएको हो । प्रतिमाको शव खोलाबाट गाउँलेले निकालेका थिए ।

त्यस्तै हरपुरका १५ बर्षकै सुरेश महतो धानुक वेपत्ता छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । ‘दुई जना खोलामा खसेर वेपत्ता भएको जानकारी आएको थियो, एक जनाको शव भेटिएको छ, अर्का एक जना वेपत्ता छन्’ उनले भने ‘उनको खोजी भइरहेको छ ।’

उनीहरु नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय बरवा छटैलीमा कक्षा-९ मा अध्ययनरत विद्यार्थी हुन् । परीक्षा दिन खोला पारी रहेको विद्यालय जाँदै गर्दा खोला उनीहरु खोलामा लडेका थिए ।

त्यसपछि उनीहरुलाई खोलाले बगाएको विद्यालयका प्रधानाध्यापक रामबहादुर चौधरीले जानकारी दिए । गाउँनजिकै रहेको खोलामा पुल नहुँदा स्थानीयले सास्ती खेप्दै आएको धर्मेन्द्र चौरसियाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment