Comments Add Comment

पानीको सतह बढेपछि महाकालीको पुलमा गाडी बन्द

१८ असार, कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव बढेपछि पश्चिमी सीमानाका गड्डाचौकी नजिकैको शारदा व्यारेजको पुलमा चार पाङ्ग्रे गाडी आवतजावत बन्द गरिएको छ ।

गए रातिदेखि परेको वषर्ाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि भारतीय पक्षले सोमबार दिउँसो ३ वजेपछि पुलमा चार पांग्रेे सवारी साधनको अवागमन बन्द गरेको हो । महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक पुग्नेवित्तिकै भारतीय पक्षले पुलमा गाडी आवतजावत बन्द गर्दै आएको छ ।

इलाका प्रहरी कार्यालय गडडाचौकीका प्रहरी नायब निरीक्षक डिकरदेव पन्तले चारपांग्रेको आवतजावत बन्द गरिएको बताउँदै पैदल यात्रु र मोटरसाइकललाई भने चल्न दिएको जानकारी दिए ।

दिउँसो साढे २ वजे महाकाली नदीमा पानीको बहाव एक लाख १६ हजार क्युसेक मापन गरिएको उनले बताए ।

बहाव बढेसँगै कञ्चनपुरको भीमदत्त नगरपालिकाको महाकाली नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको प्रहरी नायब निरीक्षक पन्तले जानकारी दिए । गतवर्ष महाकालीमा पानीको बहाव दुई लाख ८९ हजार क्युसेक पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालयले महाकाली नदीमा पानीको बहाव बढेसँगै सुरक्षा निकायलाई उच्च सतर्कतामा राखेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठीले जानकारी दिए ।

पुल पुरानो र जीर्ण भएका कारण १ लाख क्युसेक पानी पुगेसंगै भारतीय पक्षले पुलमा आवागमन बन्द गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment